बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचक ३३ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २, २०८३
  • 189
    SHARES

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।

आज ३४४ कम्पनीको दुई करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर एक लाख २३ हजार ३५९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५३ करोड ७० लाख आठ हजार ७९६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ३०, विकास बैंक एक दशमलव ५३, वित्त एक दशमलव २१, होटल तथा पर्यटन तीन दशमलव १६, जलविद्युत् दुई दशमलव १४ र लगानी समूह शून्य दशमलव ८९ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बीमा शून्य दशमलव ४६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ११, लघुवित्त शून्य दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ५६, निर्जीवन बीमा शून्य दशमलव ३९ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले बढेको छ । आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)