बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आज पनि घट्यो सुनचाँदीको मूल्य


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १०, २०८३
  • 179
    SHARES

काठमाडौँ – स्थानीय बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा  गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले घटेको हो।

 

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत मङ्गलबार भने यसको मूल्य ३ लाख १ हजार ३०० रुपैयाँ रहेको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ५ हजार २० रुपैयाँमा किनबेच भइरहेको छ, जबकि बुधबार यसको मूल्य ५ हजार १३० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको हो। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४,७०५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७८ डलर आसपासमा कारोबार भइरहेको छ। केही दिनयता लगातार बढिरहेको सुनको मूल्यमा आजको गिरावटले उपभोक्तालाई केही राहत दिएको देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)