बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कतिमा हुँदै छ आज सुनको कारोबार ?


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १४, २०८३
  • 136
    SHARES

काठमाडौँ-  नेपाली बजारमा साताको दोस्रो दिन सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा एक हजार हजार तीन सय र चाँदीको ५० रुपैयाँ बढेको हो ।

आइतबार पनि सुनको भाउ तोलामा दुई हजार सात सय र चाँदीको ५० रुपैयाँ बढेको थियो ।

मूल्य बढेसँगै सोमबार छापावाला सुन प्रतितोला तीन लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि आइतबार छापावाला सुन प्रतितोला दुई लाख ९९ हजार दुई सय रुपैयाँ रहको थियो।

सोमबार १० ग्राम सुनको मूल्य दुई लाख ५७ हजार छ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यता, आइतबार प्रतितोला चार हजार नौ सय ९५ रुपैयाँ रहेको असली चाँदीको भाउ सोमबार बढेर पाँच हजार ४५ रुपैयाँमा पुगेको छ।

सोमबार १० ग्राम चाँदीको मूल्य चार हजार तीन सय २५ रुपैयाँ कायम गरिएको महासंघले छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)