बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युवा उद्यमी सचिन ढकालको आह्वानः ‘नेपालमै सम्भावना छ भन्ने विश्वास निर्माण गरौँ’


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १७, २०८३
  • 204
    SHARES

काठमाडौ –  विदेशमा अध्ययनका क्रममा आधुनिक प्रविधि र प्रणालीहरूको अनुभव सँगालेका युवा उद्यमी सचिन ढकालले नेपालमै सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने विश्वासका साथ आफु स्वदेश फर्किएको बताउनुभएको छ ।

हाल आइएमई समूहमार्फत हस्पिटालिटी र खेलकुद क्षेत्रमा सक्रिय ढकालले नेपालका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै जाँदा नीतिगत तथा संरचनागत समस्याहरूलाई नजिकबाट बुझ्ने अवसर पाएको बताउनु भयो । उहाँकाअनुसार नेपालमा मुख्य चुनौतीका रूपमा नीतिगत अस्पष्टता, कार्यान्वयनमा ढिलासुस्ती तथा निजी क्षेत्रप्रतिको दृष्टिकोण रहेको छ । उहाँले नयाँ पुस्ता केवल गुनासो गर्ने नभई समाधान खोज्ने दिशामा सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

उहाँले निजी क्षेत्र र सरकारबीचको सहकार्य, नीतिगत स्थिरता र नवप्रवर्तनमा जोड दिनु अहिलेको आवश्यकता  रहेको बताउनु भयो । ढकालले हामीले हाम्रा छोराछोरीलाई नेपाल फर्क यहाँ अवसर छ भनेर ढुक्कसँग भन्न सक्ने वातावरण बनाउन सक्नुपर्ने बताउनु भयो ।

ढकालले भन्नुभयो– ‘विदेशमा पढ्दै गर्दा धेरै आधुनिक प्रविधि र प्रणालीहरू देखे । तर मलाई सधैं एउटै कुराले पिरोल्थ्यो कि मेरो देशमा यी कुराहरू सम्भव छैनन् त ? त्यही प्रश्नको उत्तर खोज्न म नेपाल फर्किएँ । आज म आइएमई ग्रुपमा हस्पिटालिटी र खेलकुद क्षेत्रमा सक्रिय छु । आइएमई समूह मार्फत हामीले नेपालका विभिन्न क्षेत्रहरूमा लगानी विस्तार गरिरहँदा यसै क्षेत्रका समस्याहरू कहाँ छन् भन्ने कुरा नजिकबाट बुझ्ने अवसर पाएको छु । खासगरी नीतिगत अस्पष्टता, कार्यान्वयनमा ढिला सुस्ती र निजी क्षेत्रप्रतिको धारणा बारे पनि मैले बुझ्ने मौका पाएको छु । हामी नयाँ पुस्ताको गुनासो मात्र गर्ने होइन, सहकार्य गरेर समाधान निकाल्ने विश्वास राख्छौँ । निजी क्षेत्र र सरकार बीचको सहकार्य, नीतिगत स्थिरता र नवप्रवर्तनमा जोड दिनु अहिलेको आवश्यकता हो । म आज यो हलमा रहनुभएका आदरणीय महानुभावहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु, के हामीले हाम्रा छोराछोरीलाई नेपाल फर्क यहाँ अवसर छ भनेर ढुक्कसँग भन्न सक्ने वातावरण बनाएका छौँ त ?’

उद्यमी ढकालले आफ्नो मुख्य उद्देश्य निजी क्षेत्रका समस्याहरू पहिचान गरी समाधानमुखी भूमिका खेल्ने संस्थागत नेतृत्व निर्माण गर्नु रहेको समेत बताउनु भयो । उहाँले यस्तो संस्थालाई विदेशमा रहेका नवप्रवर्तनशील नेपाली युवाहरूलाई स्वदेश फर्काउने पुलको रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।आफू आगामी उद्योग वाणिज्य महासंघमा भिड्न लागेको संकेत गर्दै उहाँले उम्मेदवारी कुनै एक पदका लागि मात्र नभई नेपालका युवाहरूका लागि ‘अब नेपालमै सम्भव छ’ भन्ने सन्देश दिनलाई रहेको बताउनु भयो ।

उहाँले अग्रजहरूको अनुभव र युवाहरूको जोशलाई समेट्दै समृद्ध नेपाल निर्माणको आह्वान समेत गर्नुभयो । ढकालले आफ्नो भिजनलाई “विश्वासमा आधारित नयाँ दिशा र समृद्धिको नयाँ निकास” का रूपमा प्रश्तुत गर्नुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)