बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आर्थिक विकासका लागि नेपाल र भारत एकअर्काका परिपूरक : अमिताभ कान्त


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १९, २०८३
  • 193
    SHARES

काठमाडौं –  भारतका नीति तथा योजनाविद् अमिताभ कान्तले आर्थिक विकासमा नेपाल र भारत एक अर्काका परिपूरक रहेको बताएका छन् । शनिबार बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

 

स्थिर, समृद्ध र सार्वभौम नेपाल भारतको हितमा रहेको उनले बताए । बलियो र गतिशील भारतले नेपालका लागि व्यापार, लगानी, ऊर्जा सेवा र प्रविधिको क्षेत्रमा नयाँ सम्भावनाका अवसर प्रदान गर्ने उनले बताए ।

“व्यापार र लगानीले हाम्रो आर्थिक सम्बन्धको प्रगाढतालाई उजागर गर्छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार, प्रमुख निर्यात बजार र तेस्रो मुलुकसँगको व्यापारका लागि मुख्य पारवहन मार्ग हो,” उनले भने, “नेपालमा लगानी गर्ने प्रमुख लगानीकर्ताहरूमा भारतीय कम्पनीहरू अग्रपंक्तिमा छन् ।”

भारत र नेपालको सम्बन्ध भूगोलले मात्रै नभएर आस्था, संस्कृति, परिवार, व्यापार र भाषाले जोडिएको उनको भनाइ छ । यस्तै, तीर्थस्थल, नदीनाला, र खुला सीमानाले दुई मुलुकको आत्मीयतालाई थप प्रगाढ बनाएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)