बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

व्यवसायी गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २२, २०८३
  • 131
    SHARES

काठमाडौँ-  जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नदिने आदेश गरेको छ ।

न्यायाधीश मोना सिंहको इजलासले आज गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो । अदालतको आदेशसँगै व्यवसायी गोल्छा थुनामुक्त हुनु हुनेछ ।

आदेशमा भनिएको छ, “प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन ।”

व्यवसायी गोल्छालाई धितोपत्र र बिमासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले यही वैशाख १४ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)