बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महासंघ निर्वाचन

जिल्ला नगर उपाध्यक्ष र वस्तुगत उपाध्यक्षको मत परिणाम सार्वजनिक, एसोसिएटतर्फ मतगणना जारी


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २३, २०८३
  • 190
    SHARES

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मंगलबारदेखि सुरु भएको निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेका छन्। पछिल्लो मत परिणामअनुसार जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा ८७ र दिलसुन्दर श्रेष्ठ ८० विजयी भएका छन्।

यस्तै, महिला सदस्यमा गीता अमात्य ८१ र हीरा भट्टराई ६३ मत ल्याएर विजयी भए।

नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को वस्तुगत तर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन्।

मंगलबार राती सम्पन्न मतगणना अनुसार विजयी श्रेष्ठले ६३ मत प्राप्त गरेका छन्।

उनको प्रतिस्पर्धी शिव घिमिरेले ६० मत ल्याएका छन्।अहिले एसोसियटतर्फको मतगणना जारी छ।

 

यसै गरी वस्तुगत सदस्यतर्फ अरनिको राज भण्डारी,नानीराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरे विजयी भए । सुरज बन्जाडे, विप्लप अधिकारी, रघु नन्दन मारु र निराज चलाउनेको भने मत बराबरी (५०-५० मत) आयो ।वस्तुगत समूहका २ महिला सदस्यहरुमध्ये सुनिता न्हेम्हाफुकीले कमला श्रेष्ठलाई हराइन् ।
जिल्ला नगर खुल्लातर्फको सदस्यमा अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छ्त्रधर आत्रेय, तारा बहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरि प्रसाद अर्याल विजयी भए ।

जिल्ला नगरबाट सदस्यतर्फ गीता अमात्य र हीरा भट्टराई विजयी भए ।

यसै गरी द्वि राष्ट्रिय सदस्यमा मनोज पौडेल ५ मत पाएर विजयी भएका छन् ।

वस्तुगत महासङ्घतर्फ सुनयना घिमिरे र विश्वनाथ खनाल विजयी भए ।

एसोसियट सदस्यतर्फको निर्वाचन परिणाम पनि सार्वजनिक भएको छ । हालै सम्पन्न मतगणना अनुसार सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिका प्रसाद पौडेल र उज्ज्वल कुमार श्रेष्ठ सर्वाधिक मतसहित विजयी भएका छन् ।

महासंघको निर्वाचन आयोगका अनुसार शक्ति कुमार बेगानी, ऋषि अग्रवाल, राजेश कुमार अग्रवाल र सुयस प्याकुरेल पनि एसोसियट सदस्य बनेका छन् ।

यसै गरी, सुशील थापा, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवश न्यौपाने, प्रियराज रेग्मी, ईश्वर बहादुर जि।सी।, सुरज उप्रेती, कृष्ण लाल महर्जन र डा। रामशरण थपलियाले पनि जित हासिल गरे ।

अब एसोसियट उपाध्यक्षको नतिजा आउन बाँकी छ । जसमा प्रबलजंग पाण्डे र ज्योत्स्ना श्रेष्ठले प्रतिस्पर्धा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)