बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २४, २०८३
  • 157
    SHARES

काठमाडौँ –  नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा दुई हजार र चाँदी सय रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै बिहीबार छापावाला सुन तोलाको दुई लाख ९८ हजार आठ सय र प्रति १० ग्रामको दुईलाख ५६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सुनको भाउ बिहीबार तोलाको दुई लाख ९६ हजार आठ सय र प्रति १० ग्रामको दुई लाख ५४ हजार चार सय ६० रुपैयाँ रहेको थियो ।

यता बुधबार तोलाको पाँच हजार ५५ र प्रति १० ग्रामको चार  हजार तीन सय ३४ रुपैयाँ रहेको असली चाँदीको भाउ बिहीबार बढेर तोलाको पाँच हजार एक सय ५५ र प्रति १० ग्रामको चार हजार नौ सय १९ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)