मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भिलेज हाईल्याण्ड रिसोर्ट प्रसिद्ध एसियाली ट्राभल अवार्ड्स २०२६ का लागि मनोनयन


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २८, २०८३
  • 263
    SHARES

भक्तपुर-  प्राकृतिक सुन्दरताले भरिपूर्ण भक्तपुर र काभ्रेपलान्चोक जिल्लाको साँध भक्तपुरको सूर्य विनायक नगरपालिका–८ र काभ्रेको पनौती नगरपालिका–१ को संगम स्थलमा अवस्थित भिलेज हाईल्याण्ड रिसोर्ट दक्षिण एसियाकै प्रतिष्ठित एसियाली ट्राभल अवार्ड्स साटा २०२६ का लागि मनोनयनमा परेको छ ।

 

 

दक्षिण एसियाली पर्यटन तथा होटल उद्योगमा महत्त्वपूर्ण मानिने साटा अवार्डले हरेक वर्ष उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी, पर्यटन व्यवसायलाई सम्मान गर्दै आएको छ । रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत साटा २०२६ को मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकलाई अनलाइन भोट गर्न आग्रह गरेको छ ।

रिसोर्टका सञ्चालक राम सुन्दर बकेले यो मनोनयन नेपाली पर्यटन क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपाली होटल तथा रिसोर्टको उपस्थिति बढ्दै जानु नेपालको पर्यटन प्रवर्द्धनका लागि सकारात्मक भएको पनि उनले बताए ।

यस रिसोर्टले स्वच्छ र मनोरम  वातावरण, रिसोर्ट परिसरबाट देखिने हिमशृङ्खलाका दृश्यहरूका कारण स्वदेशी तथा विदेशी पाहुनाहरूलाई आकर्षित गर्दै आएको छ । यस रिसोर्टको परिसरबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, चोयु, सिसापाङमा, मनासलु, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि, लाङटाङ लगायतका हिमालहरू देख्न सकिन्छ ।

रिसोर्ट परिसरबाट चालिसभन्दा बढी प्रजातिका चराहरू समेत अवलोकन गर्न सकिन्छ ।रिसोर्टको कोठाहरूबाट नै काठमाडौँ उपत्यकाका तीनै सहर काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश भागहरू अवलोकन गर्न सकिन्छ ।

रिसोर्टमा आधुनिक सुविधासहित आरामदायी आवास, स्थानीय तथा अन्तर्राष्ट्रिय परिकार तथा पारिवारिक वातावरण उपलब्ध रहेको छ ।

दक्षिण एसियाली ट्राभल अवार्ड्स साटा सन् २०१६ देखि सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)