बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३०, २०८३
  • 126
    SHARES

काठमाडाैँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव १५ अङ्कले ओरालो लागेर दुई हजार ७४० दशमलव २५ मा सीमित भएको छ ।

\

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७० अङ्कले ओरालो लागेर ४६७ दशमलव ५५ मा सीमित भएको छ । कूल ३३९ कम्पनीको ५६ लाख ४३ हजार २८८ कित्ता शेयर दुई अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी, साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा छ । यस्तै, एशियन हाइड्रोपावर, एसवाई प्यानल, हिमालयन बैंकको बण्ड, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो र सेञ्चुरी डिवेञ्चरका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, धौलागिरि लघुवित्त, झापा इनर्जी, सिटिजन बैंकको ऋणपत्र, रिज लाइन इनर्जी र आरबिबी फोकस–४० का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)