बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

श्रम संस्कृति पार्टीव्दारा सरकारको विरोधमा संसद्‌भित्रै पर्चा प्रदर्शन

संसदीय मर्यादामा बसेर विरोध गर्न सभामुखको निर्देशन


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ४, २०८३
  • 53
    SHARES

काठमाडौँ –  सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र सरकारको विरोधमा संसद्‌भित्रै पर्चा प्रदर्शन गरेको छ।

बैठकको कारबाही सुरु भएलगत्तै सो पार्टीका सांसदहरू वेलमा पुगेर सभामुख डोलप्रसाद अर्यालतर्फ फर्किएर पर्चा देखाउँदै विरोधमा उत्रिएका थिए।

विपक्षी दलले “प्रधानमन्त्री संसद्‌प्रति जवाफदेही बन्नैपर्छ”, “प्रश्नदेखि भाग्न पाइँदैन”, र “जनमतलाई सम्मान गर” जस्ता नाराहरू लेखिएका पर्चा देखाएर विरोध जनाएको हो।

सांसदहरूले वेल घेराउ गर्दै सभामुखकै अगाडि पर्चा प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्न आग्रह गरे।

संसद्‌मा प्लेकार्ड र ब्यानर प्रदर्शन गर्ने कार्य संसदीय मर्यादाविपरीत रहेको उल्लेख गर्दै उनले भविष्यमा यस्ता गतिविधि नगर्न सांसदहरूलाई सचेत गराए। बैठकमा बोल्दै सभामुख अर्यालले भने, “संसद् कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो हो। त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा रहेर विरोध गर्न म यहाँहरूलाई यो आदेशकै रूपमा लिइदिन जानकारी गराउँदछु।”

सभामुखको निर्देशन र सचेत गराएपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरूले आफ्नो घाँटीमा सरकारको विरोधमा लेखिएका पर्चाहरू झुन्ड्याएरै बैठकमा सहभागिता जनाइरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)