बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले केन्द्रिय सचिवालय बैठक शुरु


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ४, २०८३
  • 70
    SHARES

काठमाडाैँ  – नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा शुरु भएको छ । बैठकले नेताहरूको कार्यविभाजनलाई मुख्य एजेडा बनाएको छ ।

बैठकमा नेताहरूको कार्यविभाजनका अतिरिक्त वरीयता निर्धारण र चुनावी समीक्षाका विषयमा पनि छलफल हुन सक्ने बताइएको छ । यद्यपि, बैठक प्रारम्भ हुनुअघि सचिवालयका सदस्यहरूलाई छलफलका विषयवस्तुबारे कुनै पूर्वजानकारी गराइएको थिएन । औपचारिक रूपमा एजेण्डा तय नगरिए पनि बैठकमा मुख्यतः नेताहरूको जिम्मेवारी बाँडफाँडकै विषयमा छलफल हुने बुझिएको छ ।

गत पुसमा ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एमालेले हालसम्म नेताहरूको कार्यविभाजन गर्न सकेको छैन । त्यस्तै, पार्टीको स्थायी कमिटी, पोलिटब्युरो लगायतका कमिटी र विभागहरूले समेत अझै पूर्णता पाउन बाँकी छ । आजको बैठकले यी साङ्गठनिक विषयहरूमा ठोस निर्णय लिने अपेक्षा गरिएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)