बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तोलामा १८ सयले बढ्यो सुनको भाउ


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ७, २०८३
  • 66
    SHARES

काठमाडौँ-  नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा एक हजार आठ सय र सुनको ९० रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, बुधबार प्रतितोला चार हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार बढेर पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)