बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बजेटका सम्बन्धमा पूर्व अर्थमन्त्रीहरुसँग छलफल


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ७, २०८३
  • 164
    SHARES

काठमाडौं-  अर्थ मन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पूर्व अर्थमन्त्रीहरुसँग छलफल गर्नु भएको छ ।

सरकारले यही जेठ १५ गते संघीय बजेट प्रस्तुत गर्दैछ ।

उक्त छलफलमा पूर्व अर्थमन्त्रीहरु विष्णु पौडेल, शंकरप्रसाद कोइराला, वर्षमान पुन, रामेश्वर खनाल, युवराज खतिवडा, जनार्दन शर्मा, प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे सहभागी रहनु भएको अर्थ मन्त्रालयले जनाएको छ ।

बजेट निर्माणका सन्दर्भमा सरकारका तर्फबाट संसदमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत भएर छलफल भइसकेको छ । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र र एक सय बुँदे कार्यक्रमलाई आधार बनाएर बजेट तर्जुमा गर्न लागेको अर्थमन्त्री डा वाग्लेले बताउनु भएको छ ।

आजको छलफलमा पूर्व अर्थमन्त्रीहरुले बजेटलाई कार्यान्वयन गर्न सकिने गरी प्रस्तुत गर्न सुझाव दिएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)