बिहिबार, अशोज १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बजेट अनुमोदनका लागि मन्त्रिपरिषद् बैठक बस्दै


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • 174
    SHARES

काठमाडौँ –  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अन्तिम स्वीकृतिका लागि सरकारले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ। दिउँसो साढे २ बजे बस्ने बैठकले संसद्मा प्रस्तुत गरिने बजेट पारित गर्ने कार्यसूची रहेको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषद्बाट बजेट अनुमोदन भएपछि दिउँसो ४ बजे सिंहदरबारमा बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिनेछ।

 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको झण्डै दुईतिहाइ बहुमतसहितको रास्वपा नेतृत्वको सरकारले पहिलोपटक पूर्ण बजेट ल्याउन लागेको हो। आर्थिक सुधार, विकास निर्माण, रोजगारी विस्तार तथा लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट आउने अपेक्षा गरिएको छ।

संसद्मा पेश गर्नुअघि मन्त्रिपरिषद्बाट बजेट अनुमोदन गर्ने अभ्यासअनुसार सरकारले बजेटलाई अन्तिम रूप दिन आजको बैठकलाई महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)