काठमाडौँ- सरकारले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न व्यवसाय सुरु गर्ने प्रक्रिया मात्र नभइ त्यसबाट बाहिरिने प्रक्रियालाई समेत सहज बनाउने नीति लिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा कम्पनी खारेजी प्रक्रियालाई झन्झटमुक्त, छरितो र सहज बनाइने घोषणा गरेका हुन्।
