बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा सभापति लामिछाने र भाजपा नेताबिच आज उच्चस्तरीय राजनीतिक भेटवार्ता 


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १९, २०८३
  • 89
    SHARES

काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएको छ।

भेटवार्तामा भाजपा अध्यक्ष नितिन नवीनसहित पार्टीका वरिष्ठ नेताहरू सहभागी हुने जनाइएको छ। छलफल दुई देशका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्य तथा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहने बताइएको छ।

रास्वपाले भ्रमणलाई नेपाल–भारतबीचको आपसी समझदारी, लोकतान्त्रिक अभ्यासको आदानप्रदान र द्विपक्षीय सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा लिएको जनाएको छ। प्रतिनिधिमण्डलले भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा कूटनीतिक व्यक्तित्वहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)