बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ


  • माउन्टेन खबर
  • बुधबार, साउन १३, २०८३
  • 47
    SHARES

काठमाडौं-  बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्तलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा बुधबार उनलाई नियन्त्रणमा लिएको हो।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको ४८ करोड रुपैयाँ कर्जामा अनियमितता भएको आशंकापछि पन्तमाथि अनुसन्धान अघि बढाइएको हो। पक्राउपछि उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

उक्त कर्जा प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पौडेल यसअघि नै सीआईबीको हिरासतमा रहेका छन्। सोही घटनासँग सम्बन्धित थप प्रमाण र कर्जा स्वीकृति प्रक्रियाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणका क्रममा कर्जा प्रवाह प्रक्रियामा अनियमितता देखिएपछि यस विषयमा अनुसन्धान सुरु भएको स्रोतले जनाएको छ। अनुसन्धान जारी रहेकाले घटनामा संलग्न अन्य व्यक्ति वा पक्षबारे पनि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)