शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस अनुशासन समितिको निर्णय

बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २१, २०८३
  • 120
    SHARES

काठमाडौं –  नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा उजुरी परेका नेतामाथि विभिन्न निर्णय गरेको छ । समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गर्ने निर्णय गरेको हो।

समितिले बारा जिल्ला सभापति राजेश राय यादवमाथि २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको आरोपमा परेको उजुरीमाथि छानबिन गरिरहेको जनाएको छ। यस क्रममा पटक–पटक स्पष्टिकरण माग गर्दा पनि उनले जवाफ नदिएको भन्दै अन्तिम निर्णय नभएसम्मका लागि जिल्ला सभापतिको जिम्मेवारीबाट निलम्बन गरिएको समितिले जनाएको छ।

 

त्यस्तै, सर्लाही प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायमाथि पनि पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा उजुरी परेको थियो। उनीहरूसँग स्पष्टिकरण मागिएपछि आरोप अस्वीकार गर्दै जवाफ पेश गरेको र थप कारबाही आवश्यक नदेखिएकाले पार्टी विधान, नियमावली र जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै काम गर्न निर्देशन दिइएको समितिले जनाएको छ।

यस्तै, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) विरुद्ध परेको उजुरीका सम्बन्धमा उनले पेश गरेको स्पष्टिकरण तथा समितिले गरेको थप अध्ययनपछि उनको जवाफ सन्तोषजनक देखिएको भन्दै आरोपबाट सफाइ दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)