सोमवार, कार्तिक १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोर्राका मालिक कथाकार (समालोचना )


  • डा. रामप्रसाद दाहाल
  • शनिबार, जेष्ठ २३, २०८३
  • 530
    SHARES

कोर्राका मालिक कथाकार
— डा. रामप्रसाद दाहाल

तथ्यमा आधारित भएर उत्तर दिनु बाबु किनकि तिमी एक इमानदार बच्चा हौ । ज्ञानमा पौडी खेल्यौ भने राम्रै गर्छाै भनेर कतै पात्र विघटनका कथाकार युवराज मैनालीलाई उहाँकै पूज्य बुवा केदारनाथ मैनालीले आशीर्वाद दिएर जानुभयो जस्तो लाग्यो पात्र विघटन लघुकथासङ्ग्रह पढिरहँदा । सार्वभौम ज्ञान–विज्ञानका छिटा–बाछिटा ब्रह्माण्डका नियम अनुसार शक्तिरेखाको, शक्तिस्वरुप, क्षेत्रअनुसार एकल जीवनको, गुण अनुसारका पात्र परिवेशको अनि मूल दिमाग सबै अनन्त जगतको अनि स्वभाव र परिचयभित्र सबै आफै भित्रको जीवन हो भन्ने अर्थमा प्रकाशमय र परिवर्तित शक्तिहरुको बीचमा रहेर पात्र र सृष्टिको व्याख्या आँखिझ्यालबाट सानो संसार चियाएको अनुभूति हुन्छ ।

पात्र विघटन पढ्दा अनि ‘थेउरी अफ युनिभर्स’ भित्र दिमागको सार्वभौम उपस्थिति, सर्वव्यापक प्रस्तुति, गुणको जीवितता, आफै केन्द्र आफै कर्ता भएर उफ्रिरहेका छन् पात्रहरु आफ्नै विघटनभित्र अनि स्वरुप साध्यका नेत्रलाल हुन् वा सन्तका रम्भा, उर्वशी, पद्मिनी, मेनकाका अर्धनग्न आकृतिभित्र एक तमास हुने ऊ पात्रप्रति टिठलाग्दो उपस्थिति पाठकलाई पढ्दै जाँदा एक तमासको अनुभूति छोटो कथाले मोटोपनमा मरेर राखिदिन्छ । त्यसैले त होला नेत्रलाल आत्तिएर सपनाको कारोबार नगर्ने निर्णयमा पुगेको देखिन्छ स्वप्न साध्यमा । रातोमुखको सन्दीप होस् वा एलियन बस्तीको कथा किन नहोस् यिनहरुको डिस्कोर्स इतिहासमा प्रतिध्वनित हुने कुरा त पाठकले गहिरो अध्ययनमा प्राप्त गर्ने परिणामभित्र नै शेषभाग बाँकी रहेजस्तो लाग्दछ । यस्तै ‘अविचार’ भित्र मुस्कुराउन र निराश तुल्याउन सिकाउने आलोडन र विलोडनबाट घुमिरहेको जगतलाई हेर्दा पराजय र नैराश्यका पक्षले जीवन विस्तार र ग्रहणको क्षमतालाई राम्ररी पहिचान दिएको देखिन्छ— कोर्राका मालिकको यो प्रस्तुतिले ।

पात्र विघटन कृतिको ३० पेजमा सजिएको ग्याङस्टर कथाले झट्का दिन्छ मौजुदा समाजको— ‘हिजो भिनाजु गृहमन्त्री हुँदा सबै बाजी मेरो पोल्टामा पथ्र्याे तर अहिले उहाँ नै अख्तियारको निगरानीमा पुगि गो नि यति पङ्क्तिले कोर्राको कमाल र मालहरुलाई । क्या सटिक छन्— युवराज दनक दिनलाई । अनि प्रमाणीकरण गरिदिएका छन् समाजलाई । शक्तिमा हुँदाका भिनाजु लाभप्रद छन् भने त्यो प्रतिशतमा सत्य पनि छ, तर शक्तिबाहिर पुगिन्छ अनि उसका अगाडि ज्ञानको जीवित शक्ति र आनन्द पनि बाटो मोड्छन् नियमभित्रको अख्तियारको निश्चित आकार र आयुमा । प्रश्नातीतको सुवेदार र धनवीरे भावभङ्गीलाई राम्ररी चित्रण गर्न खोजिएको समाजको यो लघुकथाले प्रयोगात्मक विश्वविधानलाई पौँठेजोरी खोजेजस्तो लाग्दछ ।

रेखाको बैंशको उन्माद आएको ऐंठन पढ्दा त आफ्नै कथा सङ्गठनलाई सुव्यवस्थित बनाउन एउटा सबल मनरुपी प्रशासनिक युनिट सक्रिय रहनुपर्ने जस्तो लाग्यो मलाई । त्यस प्रशासनशाखा भित्र बजार व्यवस्थापन, वितरण, विज्ञापन, कम्प्युटर, फोटो अनि सम्पादन सबै शाखा खोलेर चलिरहेको कार्यालयमा पेज मेकिङ, अन्तिम सम्पादन र मुद्रण गर्न बाँकी रहेजस्तो अनुभूति दिन्छ रेखाको बैंशले तन्नेरीहरुलाई । फलस्वरुप स्खलन भइदिन्छ । गुरुको चियाको चुस्कीसँगै विचारको स्खलन र रेखाको वैंश÷युगान्तरको मनोहर होस् वा क्रिष्टोकेसीको नारायण किन नहोस् अथवा गिद्धेनजरभित्रको उखरमाउलो गर्मीमा दर्केको पानीले युवतीका वक्षस्थल र नितम्बहरु लपक्कै भिजेको दृश्य छेउमा ओत लागेर बसेको अधबैंशे पुरुषको चोर नजर पनि यो कथाभित्र कडो पात्र मान्न सकिन्छ ।

च्याँखे कथाको खलासप्रसाद साँच्चै दलबदलु नमिल्ने पार्टीका झोले–खोले नेता कहिले यता कहिले उताको व्यङ्ग्यभित्र च्याँखे थापिएको अनुभूति दिइरहेको छ । यस्तै आशामानको नजर उत्सव, तुष्टि, नायिकाका टुक्राटुक्रा पार्ने जिन्दगीका पानाहरु यस्तै भैगयो जे भयो भयो भनेर हिँडेको कुराले समाजका धेरै चरित्रलाई पर्दाफास गराएको छ । आकस्मिकी, एकादेशमा, क्षीण रहर र कौठी कथाको स्वाद बेग्लै छ । घोडामा काँठी थियो लगाम थिएन, त्यसैले त होला कोर्राका मालिक मैनालीले प्रष्टै कथामा भनिदिएका छन् स्वादिलो भाषामा— ‘चढ्ने चढोस् तर नहिंडोस्, लड्ने लडोस् तर नमरोस् बुझ्नेलाई काफी छ ।’ क्रमभङ्गता होस् कि आशङ्का, सबैमा त गहिरिँदा सत्यकली संवाद नै छ । अभाव र सिस्नोपानी अनि एक पाउका कुराले सिस्नोपानी अनि एक पाउका कुराले सिस्नोपानी आफै लाजले बोल्नै सकेन ।

ध्रुवीकृत, राप, बेचनशैली, भुलभुलैया, नयाँ घर, स्खलन, बोझजस्ता प्रसङ्गले विश्वसङ्ग्रामको अविच्छिन एउटा ठूलो फ्रन्ट लेखाइमा थाहा त पाएँ तर स्खलनका परासर गुरुले थाहा पाएकी पाएनन् चिन्ता जागेर आउँछ लडाइँ एउटै रहेछ तर देश र लेखाइको फ्रन्टमा बेग्लै । त्यसैले त गाईबस्तु छाडा छोडिएको छ बोझ पनि भएको छ । मृत्युशैयामा ती अबोध प्राणीलाई पु¥याएको छ । कडा शब्द ताविज शक्ति आएको छ— योभन्दा बढी नभने हुन्छजस्तो लाग्यो मलाई लेखकको यो पङ्क्ति राख्दा ठिकै होला कि— ‘विचार मेरा तीता छन् । त्यसैले प्रकट गर्न चाहेको छैन । अँ त, म खाँदिरहेको छु, गुन्द्रुकजस्तै, मेरा अन्तरगुम्फनहरुलाई ।’ अप्रतिम, पहुँच, जेन्जी, अनेपाली, अविरल, आड, छेउदेखि छेउसम्म, फेहरिस्त, हतारको लीला, सिंहदरबारको कथा, समय जीवन, जराकाय छल, कथा पढ्दा शरीरमाथि विचारको प्रभाव रहेको देखिन्छ । नराम्रा विचारबाट रक्तको एक प्रकारको विष उत्पन्न हुन्छ । त्यो विष शरीरको जुन भागबाट बाहिर निस्कन्छ, त्यसलाई रोग भन्दछन् ।

घृणा र स्वार्थ बोकेको समाजबाट पाउने भनेको त अशुद्ध विचार र अपराधी मनस्थिति, नेता र नाता स्वार्थ ढाडस र भ्रष्टपन । विस्फोटकता, कथाजात्रा, पछुतो, ऐना, अकर्मण्यता, सुपरग्लु, माइँलाबाजे, अप्राकृतिकी, नकच्च¥याइँ, बुख्याँचाको आकृति, काकताली, रोडम्याप विहीन, तिलस्मीता, सञ्जीवनी, ग्लोबरहित, करतूत, पूरकता, पुस्तकमोह, एलोरिदम, स्पर्शानुभूति, धूपको ध्वनि, कोहराम, ईश्वर, सर्काे, मत विघटन, अनवरत र साँठगाँठ कथाले त साँच्चै नै ब्रह्माण्डीय झिल्काहरु नै फालेको छ । साँचो गुरु को हुन् भनेर खोज्नुपर्ने सन्देश पो दिइरहेका छन् । प्रहरी प्रमुख र रणबहादुर विघटित समाजको ज्वलन्त प्रमाण भेटिएजस्तो लाग्दछ ।

हामी निराकारलाई जप्छौँ आकारभित्र आउँदैनौँ भन्ने पाठ पढेजस्तो लाग्यो मलाई त ? तीर, मित्रघात, रक्तचाप, सुशासन, भ्रान्त, मुक्तता, भागभोग, मृतक र अतिरिक्त प्रपञ्च, मन्त्री र झण्डा, धर्मपुरमा अदालत, प्रेमा र जनसरकारको करतुत कथाले र मन भएका काशी चाौधरीका सबै गुणले समेटेको जस्तो लाग्दछ । धन र मन असल उदात्त चरित्रको व्यक्ति पाउन कठिन छ— तर त्यो कठिन क्षणभङ्गुर छ देशको द्वन्द्व र स्वार्थमा व्यक्ति कस्तो हुन्छ भन्ने कुरा ….. उनको गर्धन ताक्यो त्यसपछि के भयो निजेनलाई मात्र बोध भयो भन्ने कुराबाट पुष्टि गर्छ मौजुदा समाजलाई ।

सिंहासन र अनुहार, प्राकृतिक न्याय, तन्द्रा, अन्तिम मोर्चा, घण्टारत, एउटा भ्रमको पर्दा, कलिउत्सव, कफन, अन्तिम सृष्टि, रोपार, लोकतन्त्रको आकृति वस्तुस्थिति, कम्पन, कोरिडोर, अदृश्यशक्ति, प्रत्येक कथाले मुटुलाई हल्लाउँछन्— मन छियाछिया पार्छन् — जोडिएका मनलाई फोरिदिन्छन् सुलेख भित्रका विषयहरु वृद्धोपनिषद् जस्तो पो बनिदिन्छन् । मैनालीजी तपाईंको लेखनीलाई माने मैले — आफ्नो अन्तरात्माले के भन्छ, त्यही गर भन्ने सन्देश दिएजस्तो लाग्यो । अदृश्य शक्ति कथाको यी पङ्क्ति साभार गर्दा सिङ्गै पात्र विघटन कथासङ्ग्रह पूर्ण भएजस्तो लाग्छ— मलाई जस्तै

दाजुको फोनमा अदृश्य शक्ति थियो ।
शक्तिले तिलस्मी काम ग¥यो ।
त्यसपछि तेस्रो दिन ऊ परीक्षा नियन्त्रण कार्यालय परिसरमा पुग्यो । उसका सम्पूर्ण कागजातहरु भेरिटको स्तरमा तयार गरिएका थिए ।

अब उसलाई क्याम्पसमा ज्वाइन हुन कुनै कठिनाइ भएन । ल सबै कथाभित्र देखिने शक्तिको दुरुपयोगको सञ्जाल त के यही होइ त र व्यथा–बिलौना–विकृति–भ्रष्टाचार–अत्याचार–पाराकाष्ठा ? यिनै विभूतिबाट थिचिएका पात्रहरु समाजमा सडकमा लुखुरलुखुर हिँडिरहेका ख्याउटे अनुहार लिएर पीडितको बर्काे ओढेर । पात्र विघटन भित्र गहिरिएर हेर्दा युवराज मैनालीले हुँदा खानेभन्दा हुनेखानेलाई भुङ्ग्रोले कुटेर होइन, सुइरोले घोची घोची मारेका छन् । अदृश्यभित्रका पात्रहरुलाई दृश्यमा ल्याएर मानवीय अस्तित्वलाई सङ्कटको डिलमा उभ्याएका छन्, अनि सुरुङ खनेका छन् ।

धेरै समयसम्म यो सुरुङ पुर्ने पाठक असफल भएको शासक खाल्टो पार्दै गएको व्यङ्ग्यको प्रधानता रौनक नयाँशैली र नयाँ चेतलाई कसौँडीमा भात छड्केको जस्तो बनाएका छन् । यो हेर्दा उनको लेखनीमा छुट्टै पहिचान ओर्लिएको छ— कृति लेखनमा होस् वा समालोचनामा । यसो भनुँ, सृजनाकी आधार समालोचनाको धाईबन्दा पनि वक्रशैलीबाट कुरूपतालाई कोर्रा हानेका छन् र विघटन शब्दभित्र विनिर्माण खोजेका छन् । यस्तै परम्परावादी र प्रभाववादी शैलीलाई भत्काएर ‘इनोमेशन’ नवप्रवद्र्धनको नयाँ प्रयोगशाला निर्माण गरी त्यसभित्र समाजका किटाणुहरुलाई नष्ट गरी कुरुपतालाई ऐना नै फुटाएर नयाँ अनुहार नयाँ ऐना निर्माण गर्न लागेझैँ लघुकथाकार मैनाली यस कथासङ्ग्रहममा बाँसको भाटोलाई कोर्रामा परिणत गर्न खोज्दै छन्, ताकि यस्ता व्यक्तिका त्यस्ता प्रवृत्ति नजन्मियून् भनेर कुरुपता माथि अचाकली ठाडो प्रहार गरेका छन्, त्यो प्रहार चोटिलो छ— त्यो चोटलेको–को, कता–कता मर्छन्, गल्छन् !

पात्र विघटनका आयामहरुले ओकलिरहेका छन् । पोकलीका सामु बसेर ….। अनि सारमा विचारमुक्त एउटा जीवित मान्छे मृत घोषित सरकारी अभिलेख जस्तै बनाएका छन्— यिनका शक्तिसम्बन्धका मनोवैज्ञानिक विखण्डताले । निस्सारताको बीच बीचमा मानवताको खोजी गर्दै लु पात्र विघटन खोजी खोजी पढ्नुस् त भनेर नपढ्ने पाठकलाई हप्काए झैँ लाग्छ । इन्सास मञ्जरीभित्र थाहा नपाए झैँ लालुपाते रातै फुल्दो रहेछ पो भन्छन् गाँठे ! मिल्ने जति सबै छाम्ने, अनि हामी सकेपछि टाउकोमा हान्ने बानीले कथा पढ्दै जाँदा पीडा उम्लियो रगतमा । त्यो मनलाई कति कुदाको कुदामा अन्यका मनलाई भाँचेको छ, भाँचेको छ । पढ्ने मान्छेको मन त कति अस्थिर बनेको छ,छ पढ्नेप्रति लेखकले न्याय अन्याय कति गरे गरे — भो नलेखूँ जति लेख्यो उति बाँकी लाग्छ लेख्नँ रहेजति ।”

पात्र विघटन एक से एक कथाको सँगालो हो । यसभित्रका कथामा फेन्टास्टिक पनहरु पनि भित्रिएका छन्— स्वैर कल्पनाभित्र मानवीय मनोदशा र यौनको बाढी पनि छ । बिजुलीको चट्याङको धर्साजस्तो परेको छ — कथाका बाणहरुले कसैको ज्यान पनि जानसक्छ कथाभित्रका कथाको मार्मिकताको गहिराइमा डुब्यो भने । पढिसकेपछि मलाई लाग्यो—
बुझ्न त मैले सकेको छैन— पात्र विघटनको रहस्य
कृतिका कुरा छापेर मनमा राख्या छु अवश्य ।

यी लघुकथामा कथाका तत्व र कथावस्तु कस्तो छ, चरित्र–चित्रण कुन रुपमा देखिन्छ, देशकाल वातावरण कताको छ, उद्देश्य प्रष्ट छ वा छैन, कथोपकथन कुन गति लिएको छ, भाषाशैली कस्तो छ भनेर खोतलेर खोज्ने पनि हो र यो लघुकथा त दाल, भात, तरकारी नखाई पहिलो गाँसमै कागती वा इमलीको अचार जिब्रोमा चोटजस्तो हुन्छ— सम्झ्यो कि जिब्रो रसाउने अनि मन मस्तिष्कलाई फसाउने । लघु भनेको त यही त र’छ— अर्थात् लघुकथा भनेको अभ्यासको शुरुवात रहेछ । सहज बोध गर्न सकियोस्, परिदृश्यहरु फुत्त आउन, विकृति र विचलनको धज्जी उडाउन र सारमा सभ्य छ सुसंस्कृत समुन्नत समाज निर्माण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाउँ भन्ने भाव नै पात्र विघटनको उद्देश्य देखिन्छ — मलाई यो कृति पढ्दा अनुभूति भयो नबनाएको घर नयाँ घर ।

जे होस् यस कृतिले पाठकलाई फरक स्वाद, फरक अनुभूति फरक शैली दिन सफल भएको छ । यहाँ गुरुप्रसाद मैनालीको आदर्शाेन्मुख यथार्थवाद, विश्वेश्वर कोइरालाको मनोवैज्ञानिक धार, पुष्कर शमशेरको तार्किकता र अन्य कुनै विषयको परम्परावादी जडान भन्दा गद्यात्मक रेन्की, खुद्रा, कनिका, फुटकर मटेङ्ग्रा, बाण, चोइटा, छोटा, लघुसूत्र नै यस कृतिभित्रको नवीनतम प्रयोग हो । अध्ययन अनुसन्धान भित्रको थप सिर्जनशील जीवन हो । फेसबुकमा राखिएको तस्वीर जस्तो, कतै उजुरी पेटिका राखेजस्तो, कतै हृदयको ढुकुर कुर्लिएजस्तो, कसरी बाँचे होलान्, जिन्दगीलाई कसले कसरी बुझ्ने हो भन्दै नवीन, नवीन, नवप्रवर्धन केन्द्रको सोचमा सार्वभौम भएर आएको कृति हो— सम्झी ल्याउँदा पात्र विघटन । यस अर्थमा युवराज मैनाली वर्तमानभन्दा भावीपुस्तालाई सन्देश छर्न समयको प्रतीक्षा गर्दै नयाँ मुचुल्का र वारिस थपिरहेछन् आफ्ना कृतिमा ।

युवराज मैनालीको जीवनी व्यक्तित्व र कृतित्वका कुराहरु नराखी नितान्त पात्र विघटनमा केन्द्रित भई विषयलाई पस्किएको हुँ । यसभित्र पस्दा मैनाली भावी पुस्ताका लागि साँचो गुरु हुनुहुन्छ । अब उहाँलाई अर्काले चेला बनाउँदैनन् बरु गुरु नै बनाउँछन् । जसलाई चेला बनाउन सक्छ ऊ दुनियाँको गुरु बन्दछ— यस कृतिभित्र यस्तो चेला निर्माण गर्ने टक्सार छ, जहाँबाट गुरु नै गुरु निस्कन्छन्— यो खुबी महत्वपूर्ण मान्छु मैले । काव्यात्मकताको कसीभित्र विम्ब र प्रतीकहरुलाई घोटेर अरुलाई घोचेर सीमा कमजोरी पहिचानेर बौद्धिकतालाई चुमेका छन्, जुन चुम्बनभित्र भ्रम या सत्यभित्र कलमलाई लेख्न दिइरहेका छन्, अनि आकाश र धर्ती कहिले पो जोडिएको छ र ? तर मान्छे जोड्ने प्रयास गरिरहेछ— आफ्नो मस्तिष्कद्वारा यान्त्रिक यानद्वारा ।

भावलाई जोड्दै सिर्जना गरिएका रचनाहरुको सार हो पात्र विघटन, जुन सार्वभौम विज्ञान बनिदिएको छ । सार्वभौम ज्ञान विषयगत नेतृत्व हो, शोधको खुल्ला भण्डार हो, दर्शनको प्रयोगात्मक स्वरुप पनि हो, हो यही मानव व्यक्तित्वको व्यवस्थापनमा मैनालीका सूत्रकथा छरिरहेका छन्, भोलिको पुस्ता खोजी खोजी हिँडिरहेका छन् । यो सजीव शक्ति नै पात्र विघटन कृति हो भन्न सकिन्छ । यसभित्र सूत्र विषयहरु विश्व व्यवस्थापनको नमुना, उच्चतम प्रकृतिको अवस्था, युगको नेतृत्व, प्रगतिको अन्तिम उपायमा केन्द्रित छ । सबैभन्दा पर बोधको अन्तिम स्वप्रकाशित, शुद्ध चेतनाको उपलब्धि मानव जीवनको सर्वाेत्तम उपलब्धि हो— दिव्यचेतनाले घचघच्याएर ज्ञानरुपी शक्तिहरु पात्र विघटनमा अक्षर बनेर आएका छन् । श्रमको सम्मान र समाजको वहुपक्षीय बेथितिप्रति कलम निकै ढाडस दिएर चलेको छ ।

कथाकार मैनाली पूर्वप्रशासक हुन् । जीवनको सम्पूर्ण उर्वर वर्षहरु सरकारी प्रशासनमै खर्च गरे । केही समयका लागि जिल्लाको प्रमुख भएर काम पनि गरे, अर्थात् प्रमुख जिल्ला अधिकारी । बाटोघाटोको अभाव दुर्गम जिल्लाको प्रमुख हुँदा प्राप्त गर्ने साधन आवत जावत र जिल्ला भ्रमणका लागि घोडा नै हुन्थ्यो । घोडा बस्यो भने दौडाएन, हिँडाएन भने अल्छे र चाँडै बूढो हुने कुरा जनमानसलाई जानकारी नै छ । सोहीअनुसार मालिक घोडामाथि सवार भएपछि घोडालाई नियन्त्रण र दौडाउन पनि लठ्ठीस्वरुप कोर्रा प्रयोग गरिन्छ । कोर्राका छर्राले हिर्काएपछि जसरी घोडाले गति लिन्छ । त्यो गतिसँगै सवार मालिक आफ्नो गन्तव्यको प्रगतिमा पुग्छ । ठीक त्यस्तै समाजका बेथिति–विकृति–दुराचार–अत्याचार–भ्रष्टाचार–कुमति–कुविचार बिचौलियालाई मैनालीले आफ्ना कलममार्फत् सामाजिक ब्वाँसा वा कुख्यातप्रति कोर्रा हान्दै रन्डा लगाउँदै पात्र विघटन तयार पारेको अनुभूति हुन्छ । यो कृति पढिरहँदा कोर्राका मालिक सटिक कथाकार बनेको यत्रतत्र सर्वत्र जनसरकारका करतुतभित्र देख्न सकिन्छ । यसरी सुन्दर समाजको परिकल्पनामा सुन्दर नेपाल निर्माण गरेर भाषा–साहित्य–संस्कृतिले सुसज्जित देश भावी पुस्तालाई हस्तान्तरण गर्न मैनालीको कलमले मार्ग निर्देशन गरेको छ । यो नै यस कृतिको सार वा उपलब्धि मान्न सकिन्छ।

संक्षेपमा भन्दा यस कृतिले खोजका रुपमा लक्ष्य र आधार बनाई नयाँ प्रगति चाहेको छ— कोर्राका मालिक कथाकारभित्र तीसको दशकदेखि निरन्तर लेखिरहने मैनालीले समालोचना होस् वा कथा झाँको झार्न पछि पर्दैन– बेथिती विषयमा । यस अर्थमा हेर्दा लेखकले दिएको सन्देशले त युद्ध, भेदभाव, लुटहरु समयको गतिअनुसार मानिसको चेतनावृद्धि भएसँगै न्यून भएर जानेछन्— यो नै समय र शब्दको सिलसिला हो र विचारको विज्ञान पनि हो । विचारहरुको उत्पत्ति स्थान मणिपूरक चक्र हो । जहाँबाट परावाणी उत्पन्न हुन्छ— हो त्यही इच्छाशक्ति, ज्ञानशक्ति क्रियाशक्ति आदि केन्द्र पनि मणिपूरक चक्र हो । त्यस्तै यो पात्र विघटन कृतिभित्रका रचनाले विचारशक्तिको यन्त्रबाट कम्पन, ताप, प्रकाश, लौह, चुम्बक, मानासिक, इच्छा, प्रेम, क्रोध, बुद्धि, बल आदि सबैशक्ति पढ्दै पढ्दै जाँदा अझ गहिरिएर पढ्दा उत्पन्न गराउँछ अनि इच्छाशक्ति सङ्कल्पमा परिवर्तन हुन जान्छ । त्यसको लागि यत्न गर, विचार गर काम गर, आशा राख, तब न प्राप्ति हुन्छ भन्ने अर्थमा कृति समाप्त भएको छ । यसअर्थमा हेर्दा पनि कुनै जमानाका कोर्राका मालिक उत्कृष्ट चमक भएका समालोचक र सिन्धुबाट विन्दु टिपेर ल्याउने कथाकार बनेको देखिन्छ— यो निरन्तरता जारीरहोस् हार्दिक शुभकामना !

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)