मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २४, २०८३
  • 137
    SHARES

काठमाडौँ-  म्यारियट इन्टरनेसनल र सिजी कर्प ग्लोबलबिच नेपाल र भारतमा तीन वटा नयाँ सुविधा सम्पन्न होटेलहरू सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

 

 

आइतबार काठमाडौँमा आयोजित एक विशेष समारोहमा म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटले यस साझेदारीको घोषणा गर्नुभएको हो ।

सम्झौताअनुसार काठमाडौँमा ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ तथा भारतको सिलिगुडीमा ‘जेडब्लु म्यारियट’ होटल सञ्चालनमा आउनेछन् ।

यी तीन वटा प्रतिष्ठित ब्रान्डहरूको विस्तारसँगै दक्षिण एसियाली क्षेत्रमा विलासी आतिथ्य (लक्जरी हस्पिटालिटी) र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डेभिड म्यारियटले सिजी कर्प ग्लोबलसँगको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको सम्झौता म्यारियट इन्टरनेसनल र सिजी कर्प ग्लोबलबिचको सम्बन्धमा एउटा महत्त्वपूर्ण कोशेढुंगा हो। यी नयाँ होटलहरूले हाम्रा सहयोगीहरूका लागि वृद्धिको अवसर, लगानीकर्ताका लागि प्रतिफल र पर्यटकहरूका लागि उत्कृष्ट अनुभव प्रदान गर्नेछन् ।’

 

नेपालको प्राकृतिक सुन्दरता र यहाँको आतिथ्य संस्कारको प्रशंसा गर्दै अध्यक्ष म्यारियटले नेपालमा पर्यटन पूर्वाधारको विकास र विस्तारका लागि म्यारियट प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले सिजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी र सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीसँगको दीर्घकालीन साझेदारीले पर्यटन अर्थतन्त्रलाई थप सबल बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष म्यारियटले म्यारियट इन्टरनेसनल आफ्नो स्थापनाको १०० औँ वर्षतर्फ उन्मुख भइरहँदा यस्ता साझेदारीले मानिसहरूलाई जोड्ने र पुस्तौँसम्म दिगो सम्बन्ध कायम राख्न मद्दत गर्ने धारणा राख्नुभयो । यो सहकार्यले नेपालको पर्यटन क्षेत्रमा उच्चस्तरीय सेवाको सुनिश्चितता गर्ने र अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि थप उच्च बनाउने लक्ष्य राखेको छ ।

कार्यक्रममा सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले यो साझेदारीले नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रको सम्भावनामाथि म्यारियटको उच्च विश्वासलाई झल्काएको बताउनु भयो ।

सिजी र म्यारियटबिचको व्यावसायिक सम्बन्ध छोटो समयमै निकै सुदृढ बनेको बताउँदै उहाँले दुई वर्षअघि फिलिपिन्सको चर्चित ‘द फार्म एट सान बेनिटो’लाई म्यारियटको ‘अटोग्राफ कलेक्सन’मा आवद्ध गरेको बताउनु भयो । भारतमा ‘फर्न’ ब्राण्डअन्तर्गत म्यारियटसँगको सहकार्यमा हाल करिब १ सय ५० होटेलहरू सञ्चालनमा रहेका छन् भने सन् २०३१ सम्ममा सो सङ्ख्या ५ सय पुर्‍याउने लक्ष्य राखिएको छ । यसबाहेक दुबईमा ‘जेडब्लु रेजिडेन्सेस’को निर्माण समेत अघि बढिसकेको छ ।

उहाँले भन्नुभयो, ‘यो दिन नेपालका लागि अत्यन्त विशेष र महत्त्वपूर्ण छ । विश्वका प्रतिष्ठित ब्रान्डहरूको आगमनले नेपाललाई विश्व हस्पिटालिटी मानचित्रमा नयाँ उचाइमा  पुर्‍याउने छ ।’

नेपालमा यी परियोजनाहरूलाई सफल बनाउन सिजी डेभलपर्ससँगै आईजी ग्रुप, आईसीजी ग्रुप, शर्मा कन्स्ट्रक्सन, एमएलई ग्रुप र एमएलए ग्रुपले साझेदारी गरेका छन् ।

सरकारको पर्यटन केन्द्रित भिजनलाई आत्मसात् गर्दै यी अन्तर्राष्ट्रिय ब्रान्डहरूको उपस्थितिले नेपाललाई विश्व स्तरीय पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)