बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बीवाईडी गाडी प्रकरण : संसदीय छानबिनको माग


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २८, २०८३
  • 156
    SHARES

काठमाडौँ –  बजेटमा राखिने करका दरहरूको जानकारी चुहाइएको र अघिल्लो दिन बिवाईडी गाडीको भन्सार जाँच पास गरिएको विषयमा सार्वजनिक लेखा समिति सदस्यहरूले संसदीय छानबिनको माग गरेका छन्।

बिहीबार बिहान बसेको लेखा समितिको बैठकमा विपक्षी दलका सांसदहरूले संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग गरेका हुन्।

 

 

 

बीवाईडी गाडीमा कर छलीको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले छुट्टै छानबिन समिति चाहिने बताएका छन् । उनीहरूले मन्त्रालयअन्तर्गतको छानबिन समितिले नहुने भन्दै संसदीय छानबिन समिति वा लेखा समिति अन्तर्गत उपसमिति गठन गर्न सकिने उल्लेख गरे।

राप्रपाकी सांसद खुश्बु ओलीले हालको ७७४ गाडी र विगतका विषयमा पनि छानबिन गर्न उच्चस्तरीय समिति वा उपसमिति बनाउनु पर्ने बत्ताइन्।

यसै गरी श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि कर्मचारीलाई निलम्बन गरेर मात्र नहुने र छुट्टै छानबिन समिति आवश्यक भएको बताए।

“अर्ब भ्रष्टाचार भएको भनिएको छ। यदि यो भ्रम हो भने भ्रम भनेर प्रमाणित गर्नुपर्‍यो। बिवाइडी गाडी प्रकरणमा मन्त्रालयको छानबिनले पुग्दैन,” उनले भने।

नेकपाका सांसद महेन्द्रबहादुर शाहीले पनि संसदीय छानबिन समिति बनाउनुपर्ने बताए।

यस्तै एमालेका सांसद यज्ञबहादुर बोगटी र गणेश ठगुन्नाले पनि संसदीय छानबिन गर्नुपर्ने बताए।

समितिका सांसदहरूले बजेटको अघिल्लो रात रसुवा र कोराला नाकाबाट हतार-हतार भन्सार पास गराई राजस्व चुहावट गरिएको र मन्त्रालयबाटै करका दरहरू बारेको सूचना चुहाएको आरोप लगाएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)