बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

छ दशमलव ३१ अङ्कले घट्यो नेप्से परिसूचक


  • माउन्टेन खबर
  • मङ्लबार, असार २, २०८३
  • 167
    SHARES

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३१ अङ्कले ओरालो लागेर दुई हजार ७०५ दशमलव ४५ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४८ अङ्कले ओरालो लागेर ४६४ दशमलव ६४ मा सीमित भएको छ ।
कारोबार भएकामध्ये ८० कम्पनीको शेयर मूल्य उकालो लाग्दा १७७ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । यद्यपि, १५ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

कुल ३५५ कम्पनीको एक करोड सात लाख आठ हजार ५९६ कित्ता शेयर रु चार अर्ब चार करोड ७८ लाख ५८ हजार ८४ मूल्यमा खरिद–बिक्री भएको छ ।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, सिद्धार्थ बैङ्क, रिलायन्स स्पिनिङ मिल्स, रावा इनर्जी डेभलपमेन्ट र बुङ्गल हाइड्रो शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, डोल्टी पावर कम्पनी, बुङ्गल हाइड्रोपावर र मेछ्याङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।

यस्तै, सयपत्री हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, एनआइएमबी डिवेञ्चर, कालिञ्चोक हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)