बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महासंघद्धारा सल्लाहकार सहित परिषद्हरु र विभिन्न समितिका सभापति मनोनित


  • माउन्टेन खबर
  • सोमवार, असार ८, २०८३
  • 104
    SHARES

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले सल्लाहकार सहित परिषद्हरु र विभिन्न समितिका सभापतिहरु मनोनित गरेको छ ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुश कुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनित गरेका छन् ।

यस्तै उद्योग वाणिज्य परिषद् सभापतिमा महासंघका जिल्लानगर क्षेत्रका उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सहसभापतिमा जिल्लानगर क्षेत्रकै उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ मनोनित भएका छन् । यसैगरी वस्तुगत परिषद् सभापतिमा वस्तुगत संघ समूहका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, रोजगारदाता परिषद् सभापतिमा एशोसिएट सदस्य समूहका उपाध्यक्ष प्रबलजंग पाण्डे मनोनित भएका छन् ।

यसैगरी कृषि उद्यम केन्द्रको सभापतिमा शिवप्रसाद घिमिरे, कर तथा राजस्व समिति सभापतिमा अरनिको राजभण्डारी, उद्योग समिति सभापतिमा उज्ज्वल श्रेष्ठ, व्यापार समिति सभापतिमा नवीन रिजाल र महिला उद्यमी विकास समिति सभापतिमा सुनिता नेमाफुकी मनोनित भएका छन् ।

यसैगरी सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा सुनैना घिमिरे, स्थल यातायात तथा पारबहन समिति सभापतिमा लिलेन्द्र प्रसाद प्रधान, पर्यटन तथा हवाई यातायात समिति सभापतिमा संघर्ष बिष्ट, बैंक, वित्तीय तथा बीमा समिति सभापतिमा हेमन्त गोल्छा, निर्यात समिति सभापतिमा होम प्रसाद घिमिरे र व्यापार मेला समितिको सभापतिमा सविन श्रेष्ठ मनोनित भएका छन् ।

यसैगरी सहरी विकास समितिको सभापतिमा बिदुर धमला, स्वास्थ्य विज्ञान समिति सभापतिमा विप्लव अधिकारी, सीप विकास तथा रोजगार समितिको सभापतिमा नानीराज घिमिरे, स्टार्टअप एन्ड इनोभेशन समिति सभापतिमा सहारा जोशी, पूँजी बजार समिति सभापतिमा  प्रियराज रेग्मी, सामाजिक सेवा समितिको सभापतिमा राजकुमार कार्की र उत्पादकत्व तथा गुणस्तर समितिको सभापतिमा रविन पुरी मनोनित हुनु भएको छ । महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघको विधानको दफा ३७ बमोजिम कार्यकारिणी समिति सदस्यहरुलाई विभिन्न समितिहरुको  सभापति मनोनयन गरेको हो ।

अध्यक्ष श्रेष्ठले मनोनित सभापतिहरुबाट महासंघको छवि तथा प्रतिष्ठालाई अझै बढि सशक्त रुपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)