बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्य घट्यो


  • माउन्टेन खबर
  • मङ्लबार, असार ९, २०८३
  • 115
    SHARES

काठमाडाैँ – सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । सुन प्रतितोला रु एक हजार ६०० ले घटेको छ भने चाँदी रु १४० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८७ हजार १०० र चाँदीको मोल रु चार हजार ५९० निर्धारण भएको छ । हिजो सोमबार एक तोला सुन रु दुई लाख ८८ हजार ७०० मा कारोबार भएको थियो भने एक तोला चाँदी रु चार हजार ७३० मा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, गत आइतबार एक तोला सुन रु दुई लाख ८७ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६९० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)