बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो


  • माउन्टेन खबर
  • मङ्लबार, असार ९, २०८३
  • 126
    SHARES

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित भएको छ।

 

 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३१ अङ्कले ओरालो लागेर ४६१ दशमलव ४८ मा सीमित भएको छ ।

कूल ३५३ कम्पनीको एक करोड ४० हजार १६४ कित्ता शेयर चार अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएकामध्ये आज २२ कम्पनीको मात्रै शेयर मूल्य वृद्धि भएको छ । नेप्सेका अनुसार, २३९ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ११ कम्पनीको भने कुनै परिवर्तन भएन ।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सोपान फर्मास्यूटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट र बुङ्गल हाइड्रोपावर शीर्ष स्थानमा छन् ।

आजको कारोबारमा टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्टग्रोथ स्किम तेस्रो र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले कमाएका छन् ।

बुङ्गल हाइड्रो, अपोलो हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स, कालिञ्चोक हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोका शेयरधनीले भने गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)