बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित


  • माउन्टेन खबर
  • बिहिबार, असार १८, २०८३
  • 134
    SHARES

काठमाडाैँ –  सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । सभाको बिहीवारको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ बहुमतले पारित गरिएको हो ।

यसअघि बैठकमा विधेयकमाथिका संशोधन प्रश्ताव प्रश्तुत हुनुका साथै दफावार छलफल भएको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि सहकारी ऐन, २०७४ लाई संशोधन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने चक्रीय कोषमा राज्यको कोषको पैसा नहालिएको जिकिर गर्नुभयो । उहाँले अघिल्लो सरकारले विनियोजन गरेको २५ करोड रुपैयाँबाट कोष सञ्चालन गरिएको बताउनु भयो ।

उहाँले सहकारी वचत रकम अपचलनमा संलग्न सञ्चालक र व्यवस्थापकको सम्पती जफत तथा ऋण असुलीमार्फत वचतकर्ताको रकम फिर्ता गरिने समेत स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)