बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता


  • माउन्टेन खबर
  • बिहिबार, असार २५, २०८३
  • 95
    SHARES

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ ।

 

 

निर्माण क्षेत्रमा देखिएका समस्याको समाधान र निर्माण क्षेत्रका व्यावहारिक चुनौति र सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको हो ।

छलफलका क्रममा आफुहरुले भोग्दै आएको निर्माण सामग्रीको अभाव, सरकारी काममा हुने ढिलासुस्ती तथा रुख काट्न अनुमति पाउन लाग्ने समय, समयमै बिजुली र टेलिफोनको पोल नहटाउने लगायतका समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको भनाई छलफलमा सहभागी निर्माण व्यवसायीहरुले बताएका छन् ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्माण व्यवसायीका समस्या समाधान गर्नकालागि आवश्यक नीतिगत सुधार र परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि व्यवासायीले बताएका छन् ।

प्रधानमन्त्रीले हिजो नीजि क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुसंग समेत छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)