मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आदिकवि भानुभक्त अब अमेरिकामा पनि


  • रीता देवी प्रधान
  • बुधबार, असार ३१, २०८३
  • 266
    SHARES

अमेरिका – अमेरिकाको क्यालिफोर्नियामा आदिकवि भानुभक्त आचार्यको सालिक स्थापना गरिएको छ । जुलाई १२ मा भानुभक्तको २१३औ* जन्म जयन्तिको अवसर पारेर उक्त कार्यक्रम गरिएको थियो । उत्तर क्यालिफोर्निया च्याप्टरका अध्यक्ष बाबु आचार्यको अध्यक्षतामा सञ्चालन भएको उक्त विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा नवराज लम्साल र रिचमण्डका मेयर एडबर्डो मार्टिनेज थिए । प्रमुख अतिथि द्वयद्वारा संयुक्त रूपमा सालिक अनावरण गरिएको हो ।

 

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यालिफोर्निया च्याप्टर प्रमुख आयोजक र न्यान्सको सह आयोनामा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिमा अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्ले , हर्कुलस सिटि काउन्सिल मेम्बर दिल्ली भट्टराई रहेकाथिए भने विशेष अतिथिका रूपमा अनेसास एल ए च्याप्टरका अध्यक्ष मोहन निउरे, अनेसास उत्तर क्यालिफोर्नियाकी उपाध्यक्ष रीतादेवी प्रधान , रेडियो बुलबुलका सञ्चालक अच्युत घिमिरे, अनेसास बोर्ड अफ ट्रस्टीका सदस्य धर्म राज कोइराला, मुक्तिनाथ धामका अध्यक्ष राजेश थापा, न्यान्सका अध्यक्ष प्रितेश कार्की आदि रहेका थिए ।

अमेरिकामा आदिकवि भानुभक्तको सालिक स्थापना भएको यो नै पहिलो हो । अनावरण पछि मेयर मार्टिनेजले भने, ‘नेपाली भाषाका आदिकविको सालिक राखेर यो सहर सांस्कृतिक रूपमा पूर्ण भएको छ ।

सो सालिक क्यालिफोर्नियाको नेपाली कम्युनिटी सेन्टर, रिचमण्डमा स्थापना गरिएको छ । सो अवसरमा रिचमण्ड एरियाका विभिन्न संघ संस्थाहरू लगायत नेपाली   समाजका वरिष्ठ समाजसेवीहरूको बाक्लो उपस्थिति थियो ।

उक्त अवसरमा खुला कविता प्रतियोगिता सम्पन्न भएको थियो । सो प्रतियोगीताको  निर्णायकहरूमा रिशवदेव घिमिरे, पदम प्रसाद नेपाल,केदार नाथ खनाल रहेका थिए ।  सो प्रतियोगीताका विजयीहरूमा प्रथम जमुना भट्टराई ( प्रथम ) द्वित्तीय गीता बजगाईँ ( द्वित्तीय ) जनक राज शर्मा (तृतीय ) भएका थिए । सो अवसरमा अन्य स्रष्टाहरूले पनि आ-आफ्नो सृजना वाचन गरेका थिए  ।

उक्त अवसरमा “समुन्द्र् पारिका सृजना” भानु विशेषाङ्कको लोकार्पण गरिएको थियो । उक्त विशेषाङ्कको लागि रचना सङ्कलन कवयित्री तथा गीतकार, मिरा उजेलीले गरेकी थिइन्  ।

दोस्रो पुरस्कारको प्रायोजन प्रा, धर्म राज कोइरालाले गरेका थिए भने अन्य पुरस्कारहरूको प्रायोजन संस्था आफैले गरेको थियो । कार्यक्रम सञ्चालन संस्थाका उपाध्यक्ष दीपक पाठक र महासचिव नारायण भट्टराईले  संयुक्त रूपमा गरेका थिए ।  कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष दीपक पाठकले , धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष रित्ता देवी प्रधानले गरेका थिए भने समस्त सहयोगी हातहरूलाई बिशेष आभार  ब्यक्त गर्दै कार्यक्रमको समापन संस्थाका अध्यक्ष बाबु आचार्यले गरेका थिए ।

 

Open photo

Open photo

Open photo

Open photo

Open photo

Open photo

Open photo

No description available.

Open photo

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)