मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक


  • माउन्टेन खबर
  • बुधबार, असार ३१, २०८३
  • 61
    SHARES

काठमाडौं –  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ अङ्कले बढेर दुई हजार ५९० दशमलव २९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५९ अङ्कले उकालो लागेर ४५३ दशमलव ९४ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ०७ अङ्कले बढेर १७७ दशमलव ९६ मा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९० अङ्कले बढेर १५३ दशमलव ५० मा पुगेको छ । आज विभिन्न कम्पनीका ८४ लाख ७३ हजार १६ कित्ता सेयर रु चार अर्ब १७ करोड तीन लाख ९८ हजार ४९ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ भने अर्काे एक उपसमूह स्थिर रह्यो ।

आज १९५ कम्पनीको सेयर बढ्यो भने ६० कम्पनीको सेयर घट्यो । त्यसैगरी, १९ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज एनएमबी डिबेञ्चर, नारायणी विकास बैंक र थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने उपकार लघुवित्त वित्तीय संस्था, एनआइविएल स्टेबल फण्ड र एनआइसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताले आज गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)