मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बजेट कार्यान्वयनको रोडम्याप तय गर्न सचिवहरूसँगको छलफलमा अर्थमन्त्री


  • माउन्टेन खबर
  • सोमवार, साउन ४, २०८३
  • 65
    SHARES

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गर्नुभएको छ।

अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार सुरु भएको बैठक अर्थमन्त्री डा. वाग्लेको अध्यक्षतामा भइरहेको हो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा बजेट कार्यान्वयनसँग सम्बन्धित विभिन्न मन्त्रालयका सचिव एवं प्रतिनिधिहरू सहभागी छन्।

बैठकमा पूर्वाधार, उद्योग–वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला, बालबालिका, गृह र रक्षा मन्त्रालयका सचिव तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।

बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटका कार्यक्रम समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, मन्त्रालयबीच समन्वय सुदृढ बनाउने तथा कार्यान्वयनमा देखिन सक्ने चुनौतीहरूको समाधानका उपायबारे छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)