शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशको दाङमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १५, २०८३
  • 39
    SHARES

काठमाडौँ – भारत सरकारको आर्थिक सहयोगमा दाङस्थित राप्ती आँखा अस्पतालमा निर्माण गरिएको नयाँ अपरेसन थिएटर भवन उद्घाटन गरिएको छ ।

 

 

लुम्बिनी प्रदेशको दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका–४ मा रहेको राप्ती आँखा अस्पतालको दुईतले अपरेसन थिएटर भवनको शुक्रवार काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रेन्डन र तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

भारतीय राजदूतावासका अनुसार उक्त भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिएको हो । यो दाङ जिल्लामा भारतको सहयोगमा सम्पन्न भएको सातौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका, अस्पताल व्यवस्थापन तथा अन्य सरोकारवालाले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ अपरेसन थिएटर भवनले यस क्षेत्रमा आँखा उपचार सेवालाई थप प्रभावकारी र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

 

राजदूतावासका अनुसार भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत हालसम्म नेपालका सात वटै प्रदेशमा करिब ६०० परियोजना अघि बढाइसकेको छ । तीमध्ये लुम्बिनी प्रदेशमा ६६ वटा र दाङ जिल्लामा मात्रै ७ वटा परियोजना रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई हालसम्म १६८ वटा एम्बुलेन्स र ९८ वटा विद्यालय बस उपलब्ध गराइसकेको जनाएको छ । दाङ जिल्लाले १९ वटा एम्बुलेन्स र ८ वटा विद्यालय बस प्राप्त गरेको छ भने सन् २०२२ को जनवरीमा राप्ती आँखा अस्पताललाई पनि एउटा एम्बुलेन्स उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)