शुक्रबार, अशोज ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेस प्रदेश सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरूले बुझाए राजीनामा


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज ३०, २०८३
  • 30
    SHARES

काठमाडौँ – नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।

 

नेकपा एमालेबाट मन्त्री रहेकाहरूले शुक्रवार नै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएको हुन् । त्यस्तै एमालेका मन्त्रीहरुले प्रदेशप्रमुख डा. सुरेन्द्र लाभलाई समेत प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् । मधेश सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण मन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा दिनुभएको हो । मधेस प्रदेशमा नेपाली काँग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री हुनुहुन्छ ।  गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टी समेत रहेको छ ।

सरकार गठन गर्ने बेलामा १५ बुँदे सहमति भएको र सहमतिअनुसार मुख्यमन्त्रीले काम नगरेको र चालु आर्थिक वर्षमा पनि बजेटमा पनि नेपाली काँग्रेसले मनोमानी ढंगले योजना राख्दा सहमति कायम रहन नसकेको एमालेका मधेस प्रदेश प्रमुख सचेतक हरिनारायण महतोले बताउनु भयो । नयाँ सरकार कसरी बन्ने भन्नेबारेमा थप छलफल गरी अघि बढ्ने उहाँको भनाइ छ । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके कुनै एक दलसँग सहकार्य गरेर सरकार बनाउने बताउनु भयो ।

उहाँले चालु आ.व.का बजेटमा काँग्रेसले एकपक्षिय हिसावले बजेट बनाएको र एमालेले असन्तुष्टि जनाउँदै आएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)