काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कोशी र मधेस प्रदेशको पछिल्लो राजनीतिक तथा सामाजिक अवस्थाबारे पार्टीका नेता तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ ।
सभापति थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसँग प्रत्यक्ष रूपमा तथा जुममार्फत कोशी र मधेस प्रदेश सरकारका प्रतिनिधि, स्थानीय सरकारका प्रमुख तथा जिल्ला र पालिका तहका पार्टी नेतृत्वसँग छलफल गर्नुभएको हो ।
छलफलका क्रममा दुवै प्रदेशमा देखिएका पछिल्ला घटनाक्रम, स्थानीयस्तरको अवस्था तथा शान्ति–सुरक्षा कायम गर्न पार्टीले खेल्नुपर्ने भूमिकाबारे जानकारी लिइएको बताइएको छ । सभापति थापाले स्थानीय तहसम्मको वस्तुस्थितिबारे जानकारी लिँदै आवश्यक समन्वय र सहकार्यका लागि निर्देशनसमेत दिनुभएको छ ।
