शनिबार, साउन ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति


  • माउन्टेन खबर
  • शनिबार, साउन ३०, २०८३
  • 30
    SHARES

काठमाडौँ-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामरिक रूपमा महत्वपूर्ण मानिने ‘होर्मुज जलसन्धि’लाई छिट्टै संयुक्त राज्य अमेरिकाको क्षेत्र घोषणा गर्ने बताउनुभएको छ ।

शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले इरान पूर्ण रूपमा पराजित हुने क्रममा रहेको दाबी गर्दै त्यसपछि उक्त जलक्षेत्रलाई अमेरिकी भूभागका रूपमा घोषणा गर्ने उल्लेख गर्नुभयो ।

आफ्नो सम्बोधनका क्रममा ट्रम्पले भन्नुभयो, ‘हामीले इरानलाई पराजित गरिसकेपछि, जुन अहिले नराम्रोसँग पराजित भइरहेको छ । मैले छिट्टै होर्मुज जलसन्धिलाई संयुक्त राज्य अमेरिकाको क्षेत्रका रूपमा घोषणा गर्नेछु ।’

विश्वव्यापी ऊर्जा आपूर्तिको प्रमुख जलमार्ग मानिने होर्मुज जलसन्धिमाथि नियन्त्रण कायम गर्ने सन्दर्भमा राष्ट्रपतिको यो भनाइ आएको हो । यद्यपि, यस्तो घोषणाको कानूनी प्रक्रिया र अन्तर्राष्ट्रिय प्रभावबारे थप विवरण भने सार्वजनिक गरिएको छैन । सिन्ह्वाको/ न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)