काठमाडौँ- होटल संघ बागमतिका अध्यक्ष रामसुन्दर बकेले थाईल्याण्डका लागि नेपालका राजदूत घनश्याम लम्सालसँग नेपालको पर्यटन प्रवर्द्धनका विषयमा छलफल गरेका छन्।
नेपालको पर्यटन प्रवर्द्धनका लागि थाईल्याण्ड भ्रमणमा रहेका बकेले नेपाल र थाइल्याण्डबीचको हवाई उडान थप गर्ने ,थाई पर्यटकहरूलाई नेपालका धार्मिक तथा सांस्कृतिक स्थलहरूमा आकर्षित गर्ने, बुद्ध सर्किटको प्रचारप्रसारमार्फत पर्यटन प्रवर्द्धन गर्ने र दुई देशबीचको व्यापार र सांस्कृतिक सम्बन्ध बलियो बनाउने विषयमा छलफल गरेका थिए।
