काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौंस्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टाछुट्टै भेट गर्ने भएका छन् ।
प्रधानमन्त्री शाहले सामेबार भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवलाई सोमबार बिहान ११ बजे भेट्ने तय भएको छ।
त्यस्तै, चिनियाँ राजदूत चाङ माओमिङसँग सोमबार अपराह्न ३ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए। गत चैत २५ मा भएको सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधामन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।
