बुधबार, भदौ १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै


  • माउन्टेन खबर
  • बुधबार, भदौ १०, २०८३
  • 54
    SHARES

काठमाडौं –  विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा २४ वर्गमिटरका १५ वटा आपत्कालीन टेन्टसमेत पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

बाढी प्रभावितको उपचार व्यवस्थापनका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको मन्त्रालयले जनाएको छ। हालसम्म तीन जना घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयको भनाइ छ।

आपत्कालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन काठमाडौँस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको छ। त्यस्तै नेपाल रेडक्रस, लायन्स तथा नेपाल स्काउटसँग पनि स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)