मङ्लबार, भदौ १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकार बाढीपीडित नागरिकसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरु सामाजिक सञ्जालमा रमाइरहेका छन्ः झाँक्री


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १६, २०८३
  • 35
    SHARES

काठमाडौँ – नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म पुग्न नसकेको आरोप लगाउनुभएको छ ।

 

 

मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले उद्धार तथा राहतमा प्रभावकारी समन्वय गर्न नसकेको आरोप पनि लगाउनु भयो । सरकारका मन्त्रीहरु सामाजिक सञ्जालमा प्रचार गर्नमा व्यस्त भएपनि विपद् प्रभावित नागरिकले सरकार आफूसँगै रहेको आभास गर्न नसकेको उहाँको भनाइ छ ।  उहाँले यो विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती प्रशासनले गरेको कामप्रति प्रसंशायोग्य रहेको समेत बताउनु भयो । झाँक्रीले जलवायु परिवर्तनका कारण आगामी दिनमा पनि अनावृष्टि, अतिवृष्टि, खडेरीलगायतका विपद् दोहोरिन सक्ने भन्दै सरकार र नागरिकले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीको लागि थप तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सोसियल मिडियामा भयंकर भिजिबिलिटी छ । सोसियल मिडियाको अल्गोरिदमहरु चुनाव जस्तै हाइपमा छ । तर यो सरकारको समर्थकहरु, यसका कार्यकर्ताहरु, यसका नेताहरुले के लेख्दै छन् ।  सोसियल मिडियामा के म्यासेज दिइरा छन् । त्यसले सरकारले कति प्रभावकारी काम गरिरहेको छ भनेर देखिन्छ नि । कोही सांसदहरुलाई बोकेको फोटो हाल्नुभएको छ, कोही सांसदहरु हेलिकप्टर चढेको सेल्फीको फोटो हाल्नुभएको छ, मन्त्रीहरुले त अर्काको फोटोलाई पनि टनेल भित्र सिरेको भन्दै तानि रहनुभएको छ । अरु के नै गर्नुभएको छ र ?’

नेकपा (एमाले)ले  प्रदेश तथा स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा राहतका कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।

–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)