सोमवार, भदौ २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई


  • माउन्टेन खबर
  • सोमवार, भदौ २२, २०८३
  • 38
    SHARES
काठमाडौँ– मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
मदन पुरस्कार विसं २०१२ मा स्थापित प्रतिष्ठित साहित्यिक पुरस्कार मानिन्छ । सो  पुरस्कार मूल्याङ्कनका लागि विभिन्न विधाका २९८ पुस्तक आवेदनमा परेकामा गुठीले १० कृतिको मनोनयन सार्वजनिक गरेको थियो ।
पुरस्कारका लागि अल्पसूचीमा परेका अन्य कृति र लेखकमा अज्ञान (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), उत्कर्ष (ललित विष्ट), नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको सिमानाको इतिहास (रोशनकुमार झा), परिधि (उमा सुवेदी) महायुग (सीमा आभास) सलह (श्रवण मुकारुङ), स्वप्नस्पर्श (डा नवराज केसी), हिउँद (नदीशा) रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
जगदम्बाश्री गीतकार खरेललाई छ दशकदेखि गीत लेखनमा समर्पित गीतकार किरण खरेललाई जगदम्बा श्री पुरस्कार दिइने भएको छ । उक्त पुरस्कार गुठीले विसं २०४५ देखि प्रदान गर्न थालेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)