आइतवार, अशोज ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आजबाट सुरु भयो पितृपक्षः देशभरका तीर्थस्थलमा तर्पण र पिण्ड दान गर्नेको बाक्लो उपस्थिति


  • माउन्टेन खबर
  • आइतवार, अशोज ११, २०८३
  • 42
    SHARES

काठमाडौँ –  आजबाट पितृ पक्ष अर्थात् सोह्र श्राद्ध सुरु भएको छ ।

 

 

हिन्दु पञ्चाङ्गअनुसार आश्विन कृष्ण प्रतिपदाका दिनबाट सुरु हुने सोह्र श्राद्धको आज पहिलो दिन हो ।

काठमाडौँको गोकर्णेश्वर उत्तरगया, पशुपतिनाथ क्षेत्रलगायत देशभरका प्रमुख नदी किनार र तीर्थस्थलहरूमा आफ्ना दिवङ्गत पितृको नाममा तर्पण, सिदादान र पिण्ड दान गर्ने श्रद्धालुहरूको बिहानैदेखि बाक्लो उपस्थिति रहेको छ । सनातन धर्मावलम्बीहरूले सोह्र श्राद्धलाई आफ्ना पितृप्रति श्रद्धा प्रकट गर्ने विशेष पर्वका रूपमा लिने गर्दछन् । ‘यस पक्षमा पितृहरू पृथ्वी लोकमा आउने र आफ्ना सन्ततिबाट तर्पणको अपेक्षा राख्ने गर्दछन्’ भन्ने धार्मिक विश्वास रहिआएको छ । सोह्र श्राद्धको पहिलो दिन प्रतिपदाका अवसरमा दिवङ्गत भएका पितृहरूको तिथिका आधारमा श्राद्ध गरिन्छ ।

विशेष गरी काठमाडौँको गोकर्णेश्वरमा आज बिहानैदेखि पितृको मोक्षको कामना गर्दै श्राद्ध गर्नेहरूको घुइँचो लागेको छ । कतिपयले घरमै बसेर विधिपूर्वक श्राद्ध गरिरहेका छन् भने कतिपयले नजिकैको नदी वा पवित्र तीर्थस्थलमा पुगेर तर्पण दिने गर्दछन् ।

शास्त्रीय मान्यताअनुसार यस अवधिमा गरिने श्राद्धले पितृहरू तृप्त हुने र उनीहरूको आशीर्वादले घरपरिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ । सोह्र श्राद्धमा आफ्ना पुर्खाको देहावसान भएको तिथिकै दिन श्राद्ध गर्नुपर्ने विधान छ । चाडपर्व नजिकिँदै गर्दा सुरु हुने यो पितृ पक्षले नेपाली समाजमा धार्मिक र सांस्कृतिक एकताको सन्देशसमेत दिने गरेको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)