आइतवार, अशोज ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो, नदीमा खतराको तह


  • माउन्टेन खबर
  • आइतवार, अशोज ११, २०८३
  • 41
    SHARES

काठमाडौं   – अविरल वर्षाका कारण आएको बाढी र पहिरोले गण्डकी प्रदेशसहित देशभरको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ । बाढीले स्याङ्जा र गुल्मीलाई जोड्ने पक्की पुल बगाएको छ भने प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् ।

निरन्तरको वर्षाले प्रमुख नदीहरूमा जल सतह खतराको तह पार गरेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक विपद्को जोखिम उच्च बनेको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको काली गण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने पक्की पुल बाढीले बगाएको छ ।

यससँगै पर्वत, म्याग्दी र लमजुङका मुख्य नदीहरूमा जल सतहले खतराको तह पार गरेको छ ।

विशेष गरी लमजुङको चेपे खोला, पर्वतको काली गण्डकी नदी र म्याग्दीको नारायणी नदीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।

सडक सञ्जालतर्फ बेसीशहर–चामे, जोमसोम–कोरला,पोखरा–वागलुङ, बेनी–जोमसोम, मध्य पहाडी लोक मार्ग र काली गण्डकी कोरिडोर लगायतका मुख्य राजमार्ग र सहायक सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

तनहुँको पृथ्वी राजमार्गको घाँसी कुवा खण्डमा खसेको पहिरो पन्छाउन नेपाली सेनाको काली भञ्जन गणबाट खटिएको टोलीले प्रयास जारी राखेको छ ।

सुरक्षा निकायले विपद्को जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी तीव्र पारेको छ । पर्वतको घार खोला क्षेत्रमा बहाव उच्च भएपछि नयाँ रणभीम गुल्मको सुरक्षा पोस्टलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै, कास्कीको पञ्चासे, तनहुँको कोटेगाउँ, स्याङ्जाको पञ्चमुल र म्याग्दीको दरबाङ लगायतका क्षेत्रमा वर्षाको मात्रा सतर्कता तहभन्दा माथि पुगेको छ । सम्बन्धित प्रशासनले अत्यावश्यक बाहेकका अवस्थामा यात्रा नगर्न र सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)