आइतवार, कार्तिक १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १५, २०८३
  • 46
    SHARES

काठमाडौँ – जेन–जी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोषी ४८ वर्षीय नारायण घिमिरे १५ महिनापछि मुस्ताङबाट पक्राउ परेका छन् ।

लमजुङको मस्र्याङ्दीमा होटल सञ्चालन गर्दा आफ्नै होटलकी १६ वर्षीया नाबालिकामाथि बलात्कार गरेको अभियोगमा लमजुङ जिल्ला अदालतले उनलाई ११ वर्ष ८ महिना १ दिन कैद सजाय सुनाएको थियो । २०८२ साउनमा वर्षाका कारण लमजुङ कारागार भत्किएपछि उनलाई कास्की स्थानान्तरण गरिएको थियो । तर भदौ २४ गतेको आन्दोलनका क्रममा कारागारमा अशान्त स्थिति सिर्जना भएपछि उनी फरार भएका थिए । भदौ २५ गते बेलहिया नाका हुँदै भारत पुगेका घिमिरेले बम्बई र दिल्लीका होटलमा परिचय बदलेर काम गरे ।

दिल्लीमा भेटिएका साथीको सल्लाहमा उनी पुस महिनामा नेपाल फर्केर उपल्लो मुस्ताङ पुगे । वारागुङ मुक्तिक्षेत्र–२, चैलेस्थित ‘प्रमिसा होटल’ मा ९ महिना र पछि ‘लिवन रेष्टुरेन्ट’ मा पहिचान लुकाएर काम गरिरहेका थिए ।

नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका एसएसपी श्यामकृष्ण अधिकारीको निर्देशनमा खटिएको विशेष टोलीले कात्तिक १३ गते उनलाई लिवन रेष्टुरेण्टबाट नियन्त्रणमा लिई कात्तिक १४ गते पुनः कास्की कारागार बुझाएको छ । कास्कीबाट भागेका ७५३ कैदीमध्ये ११ विदेशीसहित ११० जना अझै फरार रहेकाले प्रहरीले विशेष खोजी अभियान जारी राखेको छ । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)