मङ्लबार, कार्तिक ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ११, २०८३
  • 30
    SHARES

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यही कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने ‘काठमाडौँ फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी प्रमुख आकर्षकको रूपमा सहभागी हुने जनाएको छ ।

 

 

मङ्गलवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ फिल्म फेस्टिभलकी निर्देशक आयुशा श्रेष्ठले फेस्टिभलमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तर संवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोह समेत आयोजना गरिने बताउनु भयो । काठमाडौँको संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्र महोत्सव आयोजना गर्न लागिएको उहाँको भनाइ छ । पुराना कलाकारहरुको सम्मान तथा उनीहरूको सिर्जनात्मक कलालाई नयाँ पुस्तामा रूपान्तरण गर्नु समेत फिल्म फेस्टिभलको उद्देश्य रहेको उहाँले बताउनु भयो । उहाँले अभिनेत्री शबाना आजमीले १४ कात्तिक मा नेपाल पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक संवाद कार्यक्रममा सहभागी हुने बताउनु भयो । जापानी निर्देशक ताकायुकी नाकामुराले कात्तिक १४ गते राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रश्तुति दिने कार्यक्रम रहेको समेत उहाँले जानकारी दिनुभयो । चलचित्र महोत्सवको पहिलो दिन वसन्तपुरमा सम्पदा यात्रा हुने उहाँले जानकारी दिनुभयो । उहाँले कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रम, पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’को प्रदर्शन गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौँ फिल्म फेस्टिभल अरूभन्दा किन फरक छ भन्दा यो फेस्टिभलमा देखाइने सबै चलचित्रहरू सबै नागरिकका लागि निःशुल्क हो । उहाँहरूले दुःख गर्नुपर्ने भनेको सिट रिजर्भेसन गर्नुपर्ने हुन्छ । हामी एकै चोटि टोल टोलबाट इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्रिएका होइनौँ । हामीले यसैअन्तर्गत हेरिटेज रनको समेत आयोजना गरेका थियौँ । यसको मुख्य उद्देश्य भनेको काठमाडौँको कल्चर र सम्पदा चिनाउने नै थियो । हामीले हेरिटेज रनको थ्रु काठमाडौँका धेरैभन्दा धेरै सम्पदालाई समेत छुन पायौँ । त्यहीअनुसार हामीले प्रमोटिङ हेल्थ पनि गर्न पायौँ । र हाम्रो हेरिटेज रनको मुख्य अतिथि कट्रिना वेभ भन्ने अष्टे«लियाबाट पाल्नुभएको थियो । अब काठमाडौँ फेस्थिभलको लागि दुई जना एकदमै महत्त्वपूर्ण अतिथि आउँदै हुनुहुन्छ । फेस्टिभलमा वसन्तपुर, सिटी हल, जय नेपाल सिनेमा र बौद्ध हुनेछन् ।

फेस्टिभलको सुरुवात र अन्त्य गर्ने ठाउँ नै विश्वको सम्पदा सूचिमा समावेश छन् । त्यस कुरालाई फोकस गरेका छन् । त्यस्तै जय नेपाल हल अन्तर्राष्ट्रिय स्तरको हल भएको कारण त्यहाँ विदेशी चलचित्रहरूको प्रदर्शन गरिनेछ । फेस्टिभलमा हाम्रो भारतीय बहुचर्चित अभिनेत्री शबाना आजमी र अष्ट्रेलियन चलचित्र निर्माता मुलर हुनुहुन्छ । हामीले फेस्टिभलको पहिलो दिन १३ कात्तिकमा एउटा सानो हेरिटेज वर्क गर्न लागेका छौँ । भन्दा खेरी सानो भए पनि यसमा धेरै कुरा जोडिन्छ ।’
फेस्टिभलमा ‘नेपाल पानोरामा सट्र्स’ अन्तर्गत नेपाली परिवेशमा स्थानीय नवप्रतिभाले निर्माण गरेका चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन् ।

महानगरपालिकाले गरेको खुला आह्वानमा प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको छ । छनोट भएका प्रत्येक चलचित्रलाई १ लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । त्यस्तै नेपालसहित विभिन्न देशका चलचित्रहरू प्रदर्शनमा राखिने आयोजकले जनाएको छ । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)