बुधबार, कार्तिक १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एनपिएलमा आज दुई खेल हुँदै


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १८, २०८३
  • 49
    SHARES

काठमाडौँ –  नेपाल प्रिमियर लिगमा आज दुई वटा खेल हुँदैछ । जसअनुसार मध्यान्ह साढे १२ बजे विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सबीच खेल हुनेछ ।

तीनमा दुई जित र एकमा हार व्यहोरेको जनकपुर चार अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ भने समान खेलमा एकमा जित र दुईमा हार व्यहोरेको विराटनगर २ अंकसहित छैटौं स्थानमा छ ।

जनकपुरले पोखरा र काठमाडौंलाई हराएको छ भने कर्णालीसँग पराजित भएको थियो ।

त्यस्तै विराटनगरले सुदूरपश्चिमलाई पराजित गरेको हो भने चितवन र कर्णालीसँग पराजित भएको हो ।

त्यस्तै साँझ ५ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ ।

पोखरा दुई खेलमा पराजित भइसकेको छ भने लुम्बिनी दुई खेलबाट तीन अंक बटुलेर बसेको छ । लुम्बिनीले सुदूरपश्चिमलाई हराएको हो भने दोस्रो खेल वर्षाका कारण अवरुद्ध हुँदा चितवन राइनोजसँग अंक बाँडेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)