बिहिबार, कार्तिक १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एनपिएल ३ : आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १२, २०८३
  • 46
    SHARES

काठमाडौँ-  तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका छ ।

यी दुई टोलीबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

 

कुशल भुर्तेल कप्तान रहेको पोखराले हालसम्म एनपिएलको फाइनलमा स्थान बनाउन सकेको छैन । दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिमले लगातार दुईपटक फाइनलमा स्थान बनाउँदा पनि उपाधि जित्न सकेको छैन ।

यस सिजनको एनपिएलमा पनि आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

यसैबीच, श्रीलङ्काका क्रिकेटर सदीरा समरविक्रमाले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)