सोमवार, कार्तिक २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जलवायु परिवर्तनका पीडित मुलुकको सूचीमा नेपाललाई राख्दै कोप–३० अध्यक्ष लागोले भने– कमजोर समुदायलाई संरक्षण गर्नु विश्वको दायित्व


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २४, २०८३
  • 33
    SHARES

काठमाडौँ – संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३०) का अध्यक्ष एवं ब्राजिलका जलवायु, ऊर्जा तथा वातावरण मामिलाका पूर्वसचिव र क्यारियर राजदूत आन्द्रे अरान्हा कोरिया दो लागो जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको उदाहरण दिँदै नेपाललाई पनि स्मरण गर्नुभएको छ ।

सोमवार टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ को उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उहाँले ब्राजिलको रियो ग्रान्डे दो सुल, नेपाल तथा अफ्रिका र युरोपका विभिन्न देशमा जलवायु परिवर्तनका कारण प्रभावित भएका मानिसहरूलाई विश्व समुदायले सधैँ सम्झनुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनसम्बन्धी निर्णय र कार्यान्वयन विज्ञानमा आधारित हुनुपर्ने उल्लेख गर्दै सबैभन्दा बढी जोखिममा रहेका समुदायको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनसम्बन्धी कार्यसूची केवल वातावरण संरक्षणको विषय नभई मानव जीवन र विकाससँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनु भयो । जलवायु नीतिले जनताको जीवनस्तर सुधार गर्नुपर्ने र संक्रमणकालीन प्रक्रियाले विद्यमान असमानतालाई थप बढाउन नहुने उनको भनाइ छ । उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अनुकूलनका कार्यक्रमलाई बलियो बनाउनुपर्ने बताउँदै विशेषगरी जोखिममा रहेका समुदायले प्रत्यक्ष लाभ महसुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार जलवायु परिवर्तनविरुद्धको अभियानमा सरकार, निजी क्षेत्र, स्थानीय तह, वैज्ञानिक, नागरिक समाज, युवा, आदिवासी समुदाय र महिलासहित सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ । उहाँले पेरिस सम्झौतापछि विश्वको तापक्रम वृद्धिको अनुमान चार डिग्री सेल्सियसभन्दा माथिबाट घटेर अहिले करिव २.७ डिग्री सेल्सियसमा झरेको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता देशका पीडितहरूलाई हामीले हरेक दिन सम्झिनुपर्छ । जलवायु परिवर्तनका कारण नेपालसहित विश्वका विभिन्न देशका मानिसहरूले भोगिरहेका पीडा र क्षतिलाई हामीले बिर्सनु हुँदैन । जलवायु परिवर्तनविरुद्धको हाम्रो प्रयास सधैँ विज्ञानमा आधारित हुनुपर्छ र सबैभन्दा बढी जोखिममा रहेका तथा कमजोर समुदायलाई केन्द्रमा राख्नुपर्छ ।’

कोप–३१ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना भइरहेको छ । सम्मेलनको मुख्य जोड जलवायु परिवर्तनसम्बन्धी प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने, अनुकूलन क्षमता बढाउने र जोखिममा रहेका समुदायलाई संरक्षण गर्ने विषयमा रहेको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)