बुधबार, मंसिर ३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरुले निष्पक्ष छानविन गर्नुको सट्टा आरोपित गर्ने काम गरेः ओली


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २, २०८३
  • 49
    SHARES

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गर्नुभएको छ ।

आईतवार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उहाँले उपद्रवकारीहरुले राज्यका संयन्त्र निष्क्रिय र निस्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गर्नुभएको हो ।  उहाँले जेन–जी आन्दोलनको क्रममा भएका घटनाहरुको निष्पक्ष छानविन हुन नसकेको समेत टिप्पणी गर्नुभयो । उहाँले सरकारद्वारा गठित छानविन आयोग र मानव अधिकार आयोगले आन्दोलनको क्रममा भएको लुटपाट र आगजनीका घटनाको निष्पक्ष छानविन गर्नुको सट्टा आफूहरुलाई आरोपित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप समेत लगाउनु भयो । विदेशी सामाजिक सञ्जाल कम्पनीलाई नियमन गर्न खोजेको विषयमा तत्कालीन सञ्चारमन्त्रीमाथि कारबाही गर्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्षप्रति समेत उहाँले आपत्ति जनाउनुभयो । उहाँले विघठित प्रतिनिधि सभासम्बन्धी मुद्दाको फैसलामा ढिलाई गरेको भन्दै सर्वोच्च अदालतको आलोचना समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामीले धक्का खाएका छौँ, हामीले लोकतान्त्रिक बाटोबाट धक्का खाएका होइनौँ । बलजफ्ती, आगो लगाएर, लुटपात गरेर, राज्यका संयन्त्रहरु निष्क्रिय र निस्प्रभावी भएर हामी सरकारबाट हटाइयौँ । मान्छे मराएर उनीहरुले कब्जा गरे । मान्छे कसले मार्यो ? कसले गोली चलायो ? आयोग बने, स्थायी मानव अधिकार आयोग त छँदैछ । वास्तवमा छानविन भएन । सम्भवतः आयोगहरुलाई छानविन गर्नु पनि थिएन । केपी ओलीलाई आरोपित गर्नु थियो । उहाँहरुले गोली चलाउन आदेश दिएको छ भन्दा छैन भन्ने आयोगहरुकै निष्कर्ष छ गोली चलाउने आदेश प्रधानमन्त्री पनि दिएन, गृहमन्त्रीले पनि दिएन । अझ के भने इटलीले अहिले मेटालाई अर्बौँ रुपैयाँको दण्ड गरेको छ । बेथिति रुपमा चलाएको र मानहानी गरेको सजाय गरेको छ । हामी कहाँ थितिमा नबस्दाखेरी राज्य मान्दिनँ, कानून मान्दिन, तेरो संविधान मान्दिनँ, सरकार मान्दिन भन्दा हामीले बन्द गर्ने निर्णय नगरेका हौँ । अनि विदेशी व्यवसायीलाई नियमन गर्न खोजेको आरोपमा तत्कालीन सञ्चारमन्त्रीलाई कारबाही गर्नुपर्छ भन्ने मानव अधिकार आयोगको निष्कर्ष छ ।’

उहाँले नेकपा (एमाले)लाई देशको निर्णायक शक्तिको रुपमा विकास गर्ने बाटोमा आफूहरु अगाडि बढिरहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)