बुधबार, मंसिर ३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सडक दुर्घटना न्यूनीकरण गर्न यस्ता छन् बागमती प्रदेश सरकारका नौ निर्णय


  • माउन्टेन खबर
  • बुधबार, मंसिर ३, २०८३
  • 42
    SHARES

बागमती । बागमती प्रदेश सरकारले हेटौँडा–भीमफेदी–काठमाडौं सडकखण्डमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधारदेखि सवारी साधनको प्राविधिक परीक्षण र सुरक्षा निगरानीसम्मका नौ निर्णय गरेको छ ।

मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा मंगलबार बसेको बैठकले हेटौँडा–भीमफेदी–देउराली सडक चौडा गर्ने तथा आवश्यक पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरी काम अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले प्रदेशमा सवारी साधनको प्राविधिक अवस्था जाँच गर्न फिटनेस परीक्षण केन्द्र स्थापना गर्ने, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाए–नचलाएको जाँचको दायरा बढाउने र आवश्यक परीक्षण किटको व्यवस्था गर्ने निर्णय गरेको छ ।

त्यस्तै, मालवाहक सवारी साधनका लागि भीमफेदी–कोगटे वैकल्पिक मार्ग सञ्चालन गर्ने, सडक सुरक्षा सामग्रीको व्यवस्था गर्ने, देउरालीमा प्रहरी चौकी स्थापना गर्ने तथा सडक सुरक्षा जनचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

बागमती र मधेस प्रदेशबीच अन्तरप्रदेश सडक सुरक्षा व्यवस्थापनसम्बन्धी समन्वय बैठक गर्ने र विद्युतीय सवारी साधनमा कानुनले तोकेको सिट सङ्ख्याभन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने निर्णय पनि बैठकले गरेको छ ।

निर्णय कार्यान्वयनका लागि सम्बन्धित प्रदेश मन्त्रालयका सचिवलाई जिम्मेवार बनाउँदै प्रत्येक १५ दिनमा प्रगति विवरण पेस गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)