शनिबार, मंसिर १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन महामन्त्री राणाको माग


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १२, २०८३
  • 46
    SHARES

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री उदय शम्शेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमा राणाले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै लेखेका छन्, ‘घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने? यसको जवाफ दिने र उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै हो।’

प्रभावित परिवारसँग संवाद गरेर सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था गर्नुपर्ने राणाको भनाइ छ। पुनर्वास नभएसम्म ती परिवारलाई होल्डिङ सेन्टरमै बस्न दिनुपर्ने उनले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)